Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १०, २०८०
- दस्तावेज, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने भएका छन। फेवाताल विश्व रामसार सूचीमा सूचीकृत र नेपालको सन्दर्भमा पर्यावरणीय तथा आर्थिक साँस्कृतिक र पर्यटकीय महत्व बोकेको महत्वपूर्ण जलाशय हो।

    २०१८ मा यहाँ पहिलो पटक बाँध बाँधेर बनाइएको जलविद्युत र सिञ्चाइका लागि प्रयोग भएको नहरसँगै फेवाको क्षेत्रफल पनि विस्तार भएको थियो। पछि २०३१ सालमा बाँध भत्केपछि फेरि जलसतह घटेकोले जमिनमाथि अतिक्रमण पनि बढ्दै गयो। पछि वैदाम ‘लेक साईड’को जमिनको महत्व बढ्दै जाँदा बाँध बाँधिसकेपछिको अवस्थामा पनि यसको किनारसम्म मिच्ने र भौतिक संरचनाहरु बनाउने सिलसिला चलेको थियो र अहिलेसम्म त्यो जारी छ। पछिल्लो समय त तालको जलाधार क्षेत्रमा आउने बाढी पहिरोका कारण जलाशय पुरिदैँ जाने र दलदले क्षेत्र समेत खेत र चरनमा परिवर्तन हुने क्रम बढेको थियो।

    यही सिमसार क्षेत्रमा अतिक्रमण गरेर पुर्ने र जमिन प्लटिङ गर्ने, होटल रेष्टुरेन्टहरु बनाउने र स्थायी संरचनासँगै ताल अतिक्रमण गर्ने क्रम बढ्यो। यससँगै अतिक्रमित जमिनमाथि स्वामित्व दाबी गर्दै जाने र राजनीतिक शक्ति प्रयोग गरेर अतिरिक्त क्षतिपूर्ति दाबी गर्ने क्रम पनि बढ्दै गयो । यसअघि भएका अनेक फैसला र निर्णयहरु कार्यान्वयन हुन नसक्दा तालको अस्तित्व जोखिममा पर्दै गएको थियो।

    अहिलेको फैसलाले सबै पुराना विवादलाई किनारा लगाइदिएको छ। अब पोखरा महानगर र अन्य सरोकारवाला संस्थाहरुले तत्काल सर्वोच्चको फैसला कार्यान्वयन गर्ने तदारुकता देखाउनुपर्छ। २०१८ देखि २०३१ सम्म कायम रहेको तालको किनाराभन्दा बाहिरको जमिनमा मात्र मुआवजा दिनुपर्ने फैसलाले मुआवजा सम्बन्धी विवाद पनि किनारा लगाउन सहज हुने भएको छ। यसैगरी वर्षाको पानीले भेट्ने किनारा देखि बाहिर ६५ मिटर भित्रको सबै संरचना हटाएर मध्यवर्ती हरियाली क्षेत्र बनाउन दिएको आदेशले कसैले पनि यसमा अवरोध सिजर्ना गर्न नमिल्ने अवस्था बनेको छ।

    यस्तै, २०३१ पछि दर्ता भएको झण्डै ५० हेक्टर जमिनको मुआवजा दिनु नपर्ने गरि सर्वोच्चले किटानी फैसला दिएकोले सार्वजनिक जमिन मिचेर व्यक्तिग स्वार्थमा लागेको पंक्ति दण्डित हुने भएको छ। महानगरलाई मापदण्ड पालना गर्न नदिन सक्रिय पंक्ति मध्येको शक्तिशाली यो स्वार्थ समूह पनि निरस्त्र भएको छ।

    पोखराको सुन्दरता र भविष्य दुवै जोडिएको फेवाको संरक्षणको यो अन्तिम सुनौलो अवसर हो। यसलाई गुम्न नदिउँ।

    फैसलाको पूर्णपाठ:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

      लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

      टंक कार्की
      बैशाख १७, २०८१

      लेनिनलाई म रुसका एक विख्यात राजनीतिक सिद्धान्तकार, क्रान्तिकारी र सच्चा मार्क्सवादीका रूपमा सम्झन्छु। लेनिन र लेनिनवादको महत्ता र सान्दर्भिकता अहिले...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.