Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सरकारको विरूद्द र जनहितमा लेख्ने पत्रकार लङ्केशको हत्या हिन्दु संगठनले गरेको अाशंका

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ २१, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पत्रकार तथा एक्टिभिस्ट गौरी लङ्केशले गत चौबीस घन्टामा आफ्नो ट्विटर र फेसबुकमा रोहिङ्ग्या मुसलमानहरु, नोटबन्दीको कारण नोक्सान, भारतीय अभिभावकहरुलाई समलैंगिकताबारे सूचनाका यूट्यूब भिडियो र प्रम नरेन्द्र मोदीको आलोचनासँग सम्बन्धित पोस्ट गरेकी थिइन्। मंगलबार राती करीब आठ बजे केही व्यक्तिले लङ्केशलाई उनकै घर बाहिर गोली हानेर हत्या गरेका छन्। उनले आफ्नो कन्नड़ साप्ताहिक पत्रिकामा विगत तीन महीनादेखि  केन्द्र सरकार र नेताहरुको आलोचना गर्दै आठ वटा लेखहरु प्रकाशित गरेकी थिइन्। लङ्केशले यस पटकको साप्ताहिक स्तम्भमा गोरखपुरको बाबा राघवदास मेडिकल कलेज र अस्पतालमा बच्चाको मृत्यु र डाक्टर कफील खानलाई बर्खास्त गरेको विरोधमा लेखेकी थिइन्।

    सोशल मिडियामा गौरी लङ्केशले भारतीय जनता पार्टी (बीजेपी) सरकारको आलोचना गर्दै पोस्ट लेख्थिन् वा शेयर गर्दथिन्। केही दिन यता उनले केरलाका उच्च अधिकृत जेम्स विल्सनका केही ट्वीटलाई रीट्वीट गरेकी थिइन्। विल्सन नरेन्द्र मोदी सरकारद्वारा गरिएको नोटबन्दी लगायत अन्य नीतिहरुको आलोचना गर्ने गर्छन्। बितेको चौबीस घन्टामा गौरी लङ्केशले धेरैजसो विभिन्न खबरहरुका लिङ्क शेयर गरेकी थिइन्। उनले सुप्रीम कोर्टद्वारा केन्द्र सरकारबाट रोहिङ्ग्या मुसलमानहरुलाई फिर्ता पठाउने बारेको खबरको लिङ्क शेयर गरेकी थिइन्। गौरी लङ्केशको फेसबुक अकाउन्ट उनको ट्विटर अकाउन्टसँग लिङ्क छ, यसकारण फेसबुकमा पनि धेरैजसो उनको ट्विटरका लिङ्कहरु पोस्ट हुने गर्छन्।

    गौरी लङ्केशको फेसबुकको प्रोफाइलमा दलित रिसर्च स्कलर रोहित वेमुलाको तस्बिर छ। ट्विटरमा उनले जवाहरलाल नेहरू विश्वविद्यालय यूनियनका पूर्व अध्यक्ष कन्हैया कुमारसँगको आफ्नो तस्बिर राखेकी छिन्। हत्या गरिनु केही घण्टा अघि गौरी लङ्केशले  शिक्षक दिवसको अवसरमा आफ्नो पिता स्वर्गीय पी लङ्केशको तस्बिर शेयर गर्दै लेखेकी थिइन्  “अक्सर नामौजूद पिता लेकिन जिंदगी के एक शानदार शिक्षक- मेरे अप्पा!! हैप्पी टीचर्स डे।”  बीजेपी कार्यकर्ताहरुको विरुद्धको एक समाचार दिएपछि गौरी लङ्केशलाई लगाइएको मानहानी मुद्दामा सथानीय अदालतले दोषी बनाएको थियो। त्यस फैसला विरुद्ध उनले उच्च अदालतमा अपील गरेकी थिइन्। समाचार वेबसाइट न्यूजलन्ड्रीलाई  नम्बर २०१६ मा दिएको इन्टरभ्युमा गौरी लङ्केशले भनेकी थिइन्  “जब म मेरा बारेमा गरिएका ट्वीट र कमेन्ट पढ्छु, त्यसबाट मलाई मेरो सुरक्षाको चिन्ता हुने गर्छ…. आफ्नो व्यक्तिगत सुरक्षाको होइन कि आज  देशमा नै अभिव्यक्ति स्वतन्त्रता र राज्यको चौथो खम्बाकाे मुक्तिको।”

    हत्याको कारण र संदिग्धहरुबारे अहिलेसम्म पुलिसले पहिचान गर्न सकेको छैन तर केही व्यक्तिहरुले हिन्दुवादी संगठनलाई जिम्मेदार भन्दैछन्। गौरी लङ्केशका हत्यालाई करीब दुई वर्ष अघि ३० अगस्त २०१५ मा हत्या गरिएका कन्नड़ साहित्यकार एमएम कलबुर्गीको हत्यासँग जोड़ेर हेरिदैछ। कलबुर्गीका अलावा तर्कवादी नरेन्द्र दाभोलकर र गोविन्द पानसरेका हत्यामा हिन्दुवादी संगठनमाथि आरोप लगाइने गरिन्छ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.