Friday, March 5, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home दस्तावेज

सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

by नेपाल रिडर्स
May 4, 2019
- दस्तावेज, समाचार
गम्भीर बहस: रित्तो संसद्, हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५
Share on FacebookShare on TwitterEmail

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सार्वजनिक गर्दै प्रशासनलाइ विकासमैत्री बनाउन सुरु गरिएको बताउँदै अर्थतन्त्रलाई गतिशील बनाइएको बताउनुभयो ।सरकार र नीजि क्षेत्रबीच समन्वय गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ, पानी जहाज र रेलका विषय यर्थाथमा परिणत हुँदै गएको दाबी गर्नुभयो ।

जनताको सुखदुःखमा सरकार पुगेको, हावाहुरी प्रभावितलाई सहयोग गर्न बारा, पर्सा पुगेको, पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको पनि सरकारले दाबी गरेको छ । भूकम्पपछि बन्द रहेको तातोपानी नाका र सुख्खा बन्दरगाहा सञ्चालनमा आउने विषयलाई सरकारले सफलताको रूपमा लिँदै नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।सबै स्थानीय तहमा रोजगार केन्द्र स्थापना, मलेसिया र जापानसँग श्रम सम्झौता भएको, जेष्ठ नागरिक स्वास्थ बीमा, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले प्रथामिकतामा राखेको छ । पर्यटक आगमनमा ३३ प्रतिशत बढेको दावी गर्दै हिमशिखर सफाइ अभियान सुरु गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउँदै लैजाने, प्रदेश र स्थानीय तहको क्षमता विकास गरिने, जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाइने, क्षेत्रगत विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्यका कार्यक्रमसँग जोड्दै लगिने, बि।स २१ सयसम्ममा नेपाललाई विकसित देश बनाइने, लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमा नै पूरा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।निजगढ बिमानस्थलको निर्माण कार्य तीब्र बनाउने, आउने वर्ष नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना गरिने, ४ वर्षमा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने, कोशी र कर्णाली कोरिडोरको सबै खण्ड खोल्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

आगामी वर्ष ५ लाख रोजगारीको अवसर सृजना गरिने, सातै प्रदेशमा ७ नै औद्योगिक क्षेत्र स्थापना गरिने, आगामी वर्षदेखि नवलपरासीबाट फलाम खानी उत्खनन सुरु गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरिने, अन्य विमानस्थलमा रात्रीकालीन उडान सुरु गरिने, राष्ट्रिय राजमार्गका खण्डहरूमा पनि आपतकालीन धावन मार्ग बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । माटो र मौसम अनुकुल खेती प्रणाली गरिने,प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याइने विषय सरकारको प्राथामिकतामा छ ।

वैज्ञानिक वन व्यवस्थापन गर्ने तथा आगामी वर्षलाइ बृक्षरोपण वर्ष घोषणा गरिने छ । सडकलाई सुरक्षित बनाइने छ भने सरकारले निर्माण गर्ने सडक कम्तिमा २ लेनको हुने पनि कार्यक्रममा छ ।काठमाण्डौलाई भारत र चीनसँग रेल मार्गमा जोड्न २ वर्षभित्र निर्माण सुरु गरिने छ भने नेपालको पानी जनताको लगानीमा आम नेपालीको स्वामित्व हुने गरी कार्यक्रम बनाइने पनि सरकारले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई आगामी वर्षबाट कार्यान्वयनमा ल्याइने र यसपटक सामाजिक सुरक्षा भक्ता बृद्धि गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठः

नेपाल सरकारको नीति तथा कार्य्रकम २०७६

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

1 year ago
योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

4 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.