Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सर्वोच्च-इजलासका यी १५ चोटिला प्रश्नले के संकेत गर्छन्?

नेपाल रिडर्स नेपाल रिडर्स
फाल्गुन ८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यी प्रश्न जसले संविधान, लोकतन्त्र र जननिर्वाचित संसद्माथि न्यायालयको सरोकार व्यक्त गर्दछ

    १. महान्यायाधिवक्तालाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न : अन्तर्निहित अधिकार केवल सार्वभौमसत्ता भएको व्यक्तिमा रहन्छ, तर नेपालको संविधानमा सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रहने भनिएकोमा प्रधानमन्त्रीसँग कसरी अन्तर्निहित अधिकार रह्यो ?

    २. महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रश्न : संविधानको धारा ७६ (७) मा प्रतिनिधिसभा विघटनसम्बन्धी व्यवस्था छ । तर, संसद्बाट प्रधानमन्त्री नियुक्त हुन नसकेको वा नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा भनिएको छ । के अहिले प्रधानमन्त्री नै नियुक्त हुन नसकेको अवस्था हो ?

    ३. महान्यायाधिवक्ता अग्नि खरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रश्न : हाम्रो संसदीय प्रणालीमा चुनावमा त जनताले दललाई मत दिन्छन् । जनमत कुनै नेतालाई दिएको भन्न मिल्छ कि मिल्दैन ?

    ४.महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न : प्रतिनिधिसभा विघटन गर्नुअघि प्रतिनिधिसभाको समर्थन आफूलाई छ कि छैन अथवा प्रतिनिधिसभाले अर्को सरकार बनाउन सक्छ कि सक्दैन भनेर प्रधानमन्त्रीले संसद् फेस गर्नुपर्छ कि पर्दैन ?

    ५. महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाको प्रश्न : राजनीतिक दलको नेताले सबैलाई समेटेर हिँड्नुपर्छ, सम्झौता पनि गर्नुपर्छ । म समेट्न सक्दिनँ, मसँग त्यो क्षमता छैन भन्ने अनुभूति हुन्छ भने आफू नेता भएको प्रमाणित गर्ने निकाय संसदीय दल वा संसद् नै हो, तर संसद्मा त्यस्तो छलफल भएको त जानकारीमा आएन नि ।

    ६. महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न : धारा ७६ का अरू उपधाराहरू प्रयोग नगरी सीधै उपधारा (७) गर्ने अधिकार कहाँबाट आयो ? बहुमत प्राप्त दलको वा गठबन्धनको सरकार बन्न नसकेमा उपधारा (५)अन्तर्गत कुनै एक व्यक्तिले आफूलाई प्रधानमन्त्रीमा दाबी गरेमा उसको नेतृत्वमा सरकार बन्ने भनिएको छ, उसले पनि विश्वासको मत लिन नसकेमा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था धारा उपधारा (७)मा छ ।

    ७. महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाको प्रश्न : अदालतमा प्राप्त भएका दस्ताबेजमा ३ जेठ ०७५ मा दुई दल मिलेर नेकपा बनेको भन्ने छ । तर, फेरि अर्को पत्रमा ३ चैत ०७४ मा केपी ओली बहुमत प्राप्त दलको प्रधानमन्त्री भएको भन्ने छ । यसरी हेर्दा पार्टी एकीकरणअघि नै केपी ओली बहुमत प्राप्त दलको प्रधानमन्त्री भएको जस्तो देखिन्छ । पार्टी एकीकरणअघि नै बहुमत प्राप्त दलको संसदीय दलको नेता थिएँ भन्न कसरी मिल्छ ?

    ८. एमिकस क्युरीका सदस्य बद्रीबहादुर कार्कीलाई न्यायाधीश अनिलकुमार सिन्हा : ०४७ सालको संविधानमा बहुमतको प्रधानमन्त्रीलाई विघटनको अधिकार दिइएको थियो । अहिलेको संविधानमा किन नराखिएको होला ?

     ९.प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा :  अहिलेको सरकार जुन छ, त्यो केपी ओलीको हो कि नेकपा (दल)को ? नेकपासँग बहुमत छ । अब धारा ७६ को (२), (३) वा (५) को सरकार बन्ने अवस्था कहाँ छ ?

    १०. महान्यायाधिवक्ता अग्नि खरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रश्न : ०५१ र ०५२ सालमा प्रतिनिधिसभा विघटनका जुन घटना भए, अब त्यस्तो नहोस् भनेर संविधानले त्यही मकसद राखेको होइन ?

    ११. महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाको प्रश्न : संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री भएपछि सब काम म नै गर्न सक्छु, मैले सकिनँ भने काम हुन सक्दैन भन्ने हो ? कुनै पनि दलको संसदीय दलको नेता पनि परिवर्तन हुने व्यवस्था छ कि छैन ? एकपटक नेता चुनिएपछि पाँच वर्षसम्म परिवर्तन हुन सक्दैन ?

      १२. महान्यायाधिवक्तालाई न्यायाधीश सपना प्रधान मल्लको प्रश्न : दलले प्रधानमन्त्रीलाई सहयोग नगरेको, संसद्ले असहयोग गरेको कुरालाई नयाँ प्रधानमन्त्री नियुक्त हुन सक्दैन भनेर कसरी बुझ्न सकिन्छ ?

     १३ सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रश्न: धारा ७४ मा हामीले संसदीय व्यवस्था मान्यौँ, तर प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार राखेनौँ । हामीजस्तै संसदीय व्यवस्था भएको, प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकारचाहिँ संविधानमा नलेखेको, तर विघटन भएको संसारका दुर्ई सय चानचुन देशमा कतै त्यस्तो उदाहरण छ ?

    १४.प्रधानमन्त्रीका वकिल सुरेन्द्र भण्डारीलाई न्यायाधीश तेजबहादुर केसीको प्रश्न : तपाईंले अविश्वासको प्रस्ताव बहुमतको सरकारलाई लाग्दैन भन्नुभो । यदि त्यस्तो हो भने यो विघटन गर्नुपर्ने अवस्था किन आयो त ?

    १५.महान्यायाधिवक्ता अग्नि खरेललाई न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रश्न : संसद्भित्र, पार्टीभित्र समस्या हिजो पनि थियो, आज पनि छन् । ती कारणहरूचाहिँ कसरी संसद् विघटनसँग सम्बन्धित भए ?

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाइ सकिएको छ । शुक्रबार एमिकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिइसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनभित्र सबै वकिललाई बहस नोट पेस गर्न समय दिएका छन् । तर, फैसला सुनाउने मिति भने तोकिएको छैन ।

    ‘सोमबारसम्म बहस नोट पेस गर्नुस् है तपाईंहरूले,’ प्रधानन्यायाधीश जबराले निर्णय सुनाउने मितिबारे जिज्ञासा राखेका वकिलहरूलाई भने, ‘निर्णय नसुनाउने त कुरै भएन । अब १० फागुनसम्म तपाईंहरू बहस नोट बुझाउनुस् । त्यसपछि ११ गतेबाट हेर्दाहेर्दैमा राख्ने हो । निर्णय १२ गते पनि हुन सक्छ, त्यसपछि पनि हुन सक्छ ।’ ८ पुसबाट विघटनविरुद्धका मुद्दामा सुनुवाइ सुरु भएको थियो । दुई महिनापछि शुक्रबार बहस टुंगिएको हो ।

    एमिकस क्युरीका पाँचमध्ये चार सदस्यले विघटनको विपक्षमा राय दिएका छन् । वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत विघटन गरेकाले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने सुझाब संवैधानिक इजलासलाई दिएका छन् । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले भने प्रधानमन्त्रीमा अवशिष्ट अधिकार रहेकाले विघटन संविधानसम्मत भएको बताएका छन् । एमिकस क्युरीका सदस्यहरूले मंगलबारदेखि राय दिन सुरु गरेका थिए ।-नयाँ पत्रिका

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.