Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्थानीय तह निर्वाचनको आधारमा यस्ताे देखियाे प्रदेश नम्बर १, एमाले २०, माओवादी ७ र राप्रपा १ स्थानमा अगाडि (मत विश्लेषण)

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २२, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     गत असारमा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामका आधारमा प्रदेश नम्बर १ मा आगामी चुनावको आकलन गर्दा कांग्रेस शुन्य हुने देखिएको छ । स्थानीय निर्वाचनमा भएको मतदान अनुरुप नै मतदाताले दलीय उम्मेदवारलाई मतदान गरेको खण्डमा प्रदेश नम्बर १ का प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमा एमाले २०, माओवादी ७ र राप्रपा १ स्थानमा अगाडि देखिन्छ ।

    इलाम दुवैमा एमाले

    २ निर्वाचन क्षेत्र भएको इलाममा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल बाम गठबन्धनका उम्मेदवार छन् । त्यस्तै कांग्रेसका भूपेन्द्र कट्टेल प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । गत स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा एमाले एक्लैको ३०१४८ मत छ भने माओवादीको ५२२९ मत छ । यस्तै कांग्रेसको २३७६० मत छ । राप्रपाको पनि कांग्रेस उम्मेदवारका पक्षमा जोड्ने हो भने कांग्रेसका भभूपेन्द्र कट्टेलको २४७८३ मत हुन्छ । यस्तै एमालेका झलनाथ खनालको बाम गठबन्धनको मत ३५३७७ हुन्छ । यहाँ बाम गठबन्धन र कांग्रेसको मतान्तर १०५९४ देखिन्छ ।

    यस्तै इलाम २ मा बाम गठबन्धनका उम्मेदवार पूर्व सभामुख सुवास नेम्वाङ र कांग्रेसका केशव थापा छन् । एमाले र माओवादीले स्थानीय चुनावमा वडागत रुपमा पाएको मत जोड्दा बाम गठबन्धनका उम्मेदवार नेम्वाङको ३४७९८ मत देखिएको छ भने कांग्रेसका थापाको राप्रपाको समेत मत जोड्दा २९९६८ मत छ ।  यहाँ एमालेले २८२८५, माओवादीले ६५१३, कांग्रेसले २६८०८ र राप्रपाले १६० मत ल्याएका थिए ।

    झापाः एमाले ३, माओवादी राप्रपा १–१

    झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र बाम गठबन्धनका तर्फबाट माओवादी नेता राम कार्की चुनावी मैदानमा छन् । झापा १ मा गत स्थानीय निर्वाचनको वडागत मत हिसाव गर्दा बाम गठबन्धन २२५५८ मतले अगाडि छ । सो क्षेत्रमा कांग्रेसले २८०८३ मत ल्याएको थियो । झापामा राप्रपा पनि बाम गठबन्धनमै सामेल भएकाले सो मत पनि बाम गठबन्धनमा गए बाम गठबन्धनको अझै ५ हजार मत थपिन सक्ने देखिन्छ । स्थानीय निर्वाचनमा राप्रपाले यो क्षेत्रमा ५४२३ मत ल्याएको थियो ।

    झापा २ मा एमालेका पवित्रा निरौला बाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन् भने कांग्रेसका उद्धव थापा उम्मेदवार छन् । यो क्षेत्रमा एमालेको २६४५६ र माओवादीको ८४२८ मत गरी बाम गठबन्धनले गत स्थानीय चुनावमा ४०४२५ मत ल्याएको छ । कांग्रेसले २२७८२ र राप्रपाले ५५३२ मत ल्याएको छ । राप्रपा पनि झापामा बाम गठबन्धनमै सामेल भएकाले बाम गठबन्धनमा अर्काे ५ हजार मत थनिे सम्भावना रहन्छ । राप्रपालाई अलग गरेर पनि यहाँ बाम गठबन्धन र कांग्रेसको मतान्तर १७६४३ छ ।

    यस्तै झापा ३ मा एमाले माओवादीले राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनलाई समर्थन गरेका छन् भने कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । यहाँ एमालेको २१७३७, माओवादीको १४९४२, राप्रपाको १२८८१ मत गत स्थानीय निर्वाचनमा आएको थियो । यस्तै कांग्रेसको १८२६० मत आएको थियो । यसरी गठबन्धन अनुसार हिसाव गर्दा यहाँ राप्रपाका राजेन्द्र लिङदेन कांग्रेसका कृष्ण सिटौला भन्दा ३१३३० मतले माथि देखिन्छन् ।

    झापा ४ मा बाम गठबन्धनबाट एमालेका एलपी सावा र कांग्रेसका देउकुमार थेवे उम्मेदवार छन् । यहाँ स्थानीय चुनावमा एमालेले २२७१९, माओवादीले १०६६०, कांग्रेसले २३२४६ र राप्रपाले ४६२२ मत ल्याएका छन् । गठबन्धन अनुसार मतदान भए यहाँ एमाले माओवादीको मात्र १०१३३ मतले माथि देखिन्छ । त्यसमाथि राप्रपाको मत करिव ५ हजार थपिंदा बाम गठबन्धन १४ हजार भन्दा बढी मतले अगाडि देखिन्छ ।

    झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको क्षेत्र हो । यस क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवार बन्ने ब्यक्ति फेला नपरेपछि कांग्रेसले त्रिचन्द्र क्याम्पसमा अध्यापनरत खगेन्द्र अधिकारीलाई लगेर उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा एमालेले ३०६७८, माओवादीले १३१६३, राप्रपाले ८९७०, कांग्रेसले २११५१ र फोरमले १४१४ मत ल्याएको थियो । गठबन्धनको मतका आधारमा यहाँ एमाले अध्यक्ष ओलीको पक्षमा ३०२४६ मतको अग्रता देखिन्छ ।

    मोरङ एमाले ४ माओवादी २ मा अग्रता

    मोरङ १ मा बाम गठबन्धनका तर्फबाट एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिकबहादुर लिम्बु प्रतिस्पर्धामा छन् । यहाँ बाम गठबन्धनको मत ३३३५० र कांग्रेसको गठबन्धनको मत २५४२६ छ । यहाँ ७९२४ मतले बाम गठबन्धन अगाडि दृेखिन्छ ।

    यस्तै मोरङ २ मा पनि बाम गठबन्धन २४४० मतले अगाडि देखिन्छ । यहाँ कांग्रेसका मिनेन्द्र रिजाल र एमालेका ऋषिकेश पोखरेल चुनावी मैदानमा छन् । यस क्षेत्रमा स्थानीय चुनावमा कांग्रेस गठबन्धनले २४८४७ र बाम गठबन्धनले २७५१४ मत ल्याएको छ ।

    मोरङ ३ मा बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल र कांग्रेस गठबन्धनबाट विवादास्पद मेडिकल कलेजका मालिक सुनील शर्मा उम्मेदवार छन् । यस क्षेत्रमा बाम गठबन्धनको ४१७६२ र कांग्रेस राप्रपा गठबन्धनको २२५८४ मत छ । यो क्षेत्रमा बाम गठबन्धन १९१७९ मतले अगाडि देखिन्छ ।

    मोरङ ४ मा बाम गठबन्धनका तर्फबाट अमनलाल मोदी र कांग्रेस राप्रपा गठबन्धनबाट महेश आचार्य उम्मेदवार छन् । यहाँ बाम गठबन्धनको २२१९० र कांग्रेस राप्रपा गठबन्धनको २०००७ मत आएको थियो । बाम गठबन्धन २१८३ मतले यहाँ अगाडि देखिन्छ ।

    मोरङ ५ मा बाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल र कांग्रेस राप्रपा गठबन्धनबाट अमृत अर्याल उम्मेदवार छन् । यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा बामपन्थी दलले २०१६२ र कांग्रेस राप्रपाले १४६९० मत ल्याएका थिए । यहाँ बाम गठबन्धन ५४७२ मतले अगाडि देखिन्छ ।

    मोरङ ६ मा बाम गठबन्धनका तर्फबाट चर्चित एमाले नेता लालबाबू पण्डित र कांग्रेसका तर्फबाट शेखर कोइराला उम्मेदवार छन् । बाम गठबन्धनको यहाँ २६२९६ मत गत स्थानीय चुनावमा आएको थियो भने कांग्रेस राप्रपाको २०५३८ मत आएको थियो । यहाँ ५७५८ मतले बाम गठबन्धनको अग्रता देखिन्छ ।

    सुनसुरी एमाले ३ माओवादी १

    सुनसरी १ मा कांग्रेस राप्रपा गठबन्धनले किशोर राई र बाम गठबन्धनले जयकुमार राईलाई उम्मेदवार बनाएको छ । यहाँ बाम गठबन्धनको ४१३०० र कांग्रेस गठबन्धनको २३८५४ मत गत स्थानीय चुनावमा देखिन्छ । यस क्षेत्रमा बाम गठबन्धन १७४४६ मतले अगाडि देखिएको छ ।

    सुनसरी २ मा बाम गठबन्धनका तर्फबाट माओवादीका डमरु सुवेदी र कांग्रेस गठबन्धनबाट सीताराम मेहता उम्मेदवार छन् । यस क्षेत्रमा बाम गठबन्धनको ३३५८१ मत छ भने कांग्रेस गठबन्धनको ३०१७७ मत छ । यहाँ बाम गठबन्धन ३४०४ मतले अगाडि देखिन्छ ।

    सुनसरी ३ मा कांग्रेसले विजय गच्छदार र बाम गठबन्धनले एमालेका भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा कांग्रेस, राप्रपा र पूर्ववर्ती लोकतान्त्रिक फोरमको मत जोड्दा २३२८६ मत हुन्छ भने एमाले र माओवादीको मत जोड्दा २६८५३ मत हुन्छ । यस क्षेत्रमा बाम गठबन्धन ३५६७ मतले अगाडि देखिन्छ ।

    सुनसरी ४ मा कांग्रेस गठबन्धनले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ भने बाम गठबन्धनले एमालेका रमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा बाम गठबन्धनको २४९९९ मत र कांग्रेस गठबन्धनको २२७०१ मत गत स्थानीय चुनावमा आएको देखिन्छ । यहाँ २२९८ मतले बाम गठबन्धन अगाडि देखिन्छ ।

    उदयपुरः एमाले १ माओवादी १  

    उदयपुर १ मा बाम गठबन्धनबाट एमालेका मञ्जु चौधरी र कांग्रेसका नारायण खड्काबीच प्रतिस्पर्धा छ । यहाँ ११९५३ मतले बाम गठबन्धन अगाडि देखिन्छ । यहाँ बाम गठबन्धनले ३७६२७ र कांग्रेस गठबन्धनले २५६७४ मत ल्याएको थियो ।

    यस्तै उदयपुर २ मा वाम गठबन्धनका सुरेश राई र कांग्रेस गठबन्धनका नारायणदत्त केसी उम्मेदवार छन् । बाम गठबन्धनले गत स्थानीय चुनावमा यस क्षेत्रमा ८२८८ मतले अग्रता लिएको थियो । यहाँ वाम गठबन्धनको २३५२९ र कांग्रेस गठबन्धनको १५२४१ मत आएको थियो ।

    तेह्रथुम एमाले १

    तेह्रथुममा बाम गठबन्धनबाट भवानी खापुङ र कांग्रेस राप्रपा गठबन्धनबाट सीता गुरुङ उम्मेदवार छन् । ८२८८ मतले वामपन्थी गठबन्धन अगाडि रहेको यस जिल्लामा बाम गठबन्धनको २३५२९ मत छ भने कांग्रेस राप्रपा गठबन्धनसँग १५२४१ मत छ ।

    ताप्लेजुङ एमाले १

    ताप्लेजुङमा प्रतिनिधिसभाका लागि एमाले सचिव योगेश भट्टराई र कांग्रेसका तर्फबाट केशवप्रसाद दाहाल उम्मेदवार छन् । यहाँ बाम गठबन्धन ६२७३ मतले अगाडि रहेको गत स्थानीय चुनावको मतपरिणामले देखाएको छ । गत स्थानीय चुनावमा यहाँ बाम गठबन्धनले २५६६१ र कांग्रेस राप्रपा गठबन्धनले १८४२७ मत ल्याएको छ ।

    सोलुखुम्बु माओवादी १

    सोलुखुम्बुमा बाम गठबन्धनबाट माओवादीका हेमकुमार राई र कांग्रेस गठबन्धनबाट बलबहादुर केसी उम्मेदवार छन् । ९५९५ मतले बामपन्थी गठबन्धन अगाडि देखिएको यस जिल्लामा बाम गठबन्धनले २३००५ र कांग्रेस गठबन्धनले १३४१० मत ल्याएको थियो ।

    पाँचथर एमाले १ 

    पाँचथरमा बाम गठबन्धनबाट एमालेका बसन्तकुमार नेम्वाङ र कांग्रेस गठबन्धनबाट भीष्मराज आङदेम्बे उम्मेदवार छन् । बाम गठबन्धनको १२०८३ मतको अग्रता रहेको यस जिल्लामा वाम गठबन्धनको ४०४२८ मत छ भने कांग्रेस गठबन्धनको २८३४५ मत छ ।

    खोटाङ एमाले १

    खोटाङमा बाम गठबन्धनबाट एमालेका विशाल राई र कांग्रेस गठबन्धनका सरस्वती वजिमय उम्मेदवार छन् । वाम गठबन्धन १७६३२ मतले अगाडि देखिएको यस जिल्लामा बाम गठबन्धनले गत स्थानीय चुनावमा ४१४५६ मत ल्याएको थियो भने कांग्रेस गठबन्धनले २३८२४ मत ल्याएको थियो ।

    संखुवासभा एमाले १ 

    संखुवासभामा बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र गौतम र कांग्रेस गठबन्धनका तर्फबाट दीपक खड्का उम्मेदवार छन् । बाम गठबन्धनको ६६७३ मतको अग्रता रहेको यस जिल्लामा कांग्रेस गठबन्धनले २८२३८ र बाम गठबन्धनले ३४९११ मत गत स्थानीय चुनावमा ल्याएको थियो ।

    ओखलढुंगा एमाले १

    ओखलढुंगामा बाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार र कांग्रेस गठबन्धनका रामहरि खतिवडा उम्मेदवार छन् । ७२८६ मतले बाम गठबन्धनको अग्रता देखिएको यस जिल्लामा बाम गठबन्धनको ३३३२१ र कांग्रेस गठबन्धनको २६०३५ मत गत स्थानीय चुनावमा आएको देखिन्छ ।

    भोजपुर माओवादी १

    बाम गठबन्धनका तर्फबाट माओवादीका सुदन राई र कांग्रेस गठबन्धनका उमेशजंग रायमाझी यहाँ उम्मेदवार छन् । १९०४१ मतले बाम गठबन्धन अगाडि रहेको यस जिल्लामा बाम गठबन्धनको ४०२५७ र कांग्रैस गठबन्धनको २१२१६ मत छ ।

    धनकुटा एमाले १ 

    धनकुटामा बाम गठबन्धनका राजेन्द्र राई र कांग्रेस गठबन्धनका राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापा उम्मेदवार छन् । २०६७७ मतले बाम गठबन्धन अगाडि रहेको यस जिल्लामा बाम गठबन्धनले ४०५२७ र कांग्रेस गठबन्धनले १९८५० मत गत स्थानीय चुनावमा ल्याएका थिए। चक्रपथ डटकमबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.