Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स‌ंविधान कार्यान्वयनका चुनौति – (विषय प्रवेश)

nepal_readers nepal_readers
साउन ६, २०७४
- रिडर्स डिस्कोर्स, विषय प्रवेश
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालले तीन वटा सक्रमणकालबाट एकै पटक पार गरेको छ। सशस्त्र द्वन्द्वबाट शान्तिमा,  राजतन्त्रबाट गणतन्त्रमा, एकात्मक राज्यबाट संघीय राज्यमा प्रवेश गरेको छ। यसले नेपाली समाजको चरित्रमा भएको परिवर्तनलाई प्रतिबिम्बित गर्छ। ती सबै परिर्वतनलाइ व्यवहारिक कार्यान्वयन देशको मूल कानून अर्थात् संविधान नै प्रमुख माध्यम हो।

    संविधानविदका अनुसार संविधान भनेको विद्‌दमान शक्तिहरुबीचको सन्तुलनको दस्तावेज हो। तर, शक्ति भनेको के हो ? राजनीतिक दल मात्रै हो कि ? मतबाट जनादेश पाएका दलहरुमात्र हुन् कि या जनादेशको आकार लिन नसकेका आवाजहरु पनि हुन्? या यसभित्र छरपष्ट रहेका आन्दोलनहरु पर्छन् कि आवाजविहिनहरु पनि पर्दछन्? यी प्रश्नहरु नेपालको वर्तमान राजनीतिमा खासगरी नेपालको संविधानको घोषणापछि उठेका छन्। यी प्रश्नहरु संविधानका कार्यान्वयनका लागि चुनौतिहरुका रुपमा उठेका छन्। स्पष्ट हुँदैछ कि राजनीतिक शक्तिहरुको सन्तुलन वा मतबाटमात्र संविधानका कार्यान्वयन हुन नसक्ने रहेछ ।

    यथार्थ यो छ कि संविधानको घोषणा संवैधानिक छ, तर संविधानका बारे नेपालका हरेक शक्तिहरु र क्षेत्रका समुदाय र वर्गहरुको गुनासा छन्। संविधानमा आफ्ना कुराहरु नभएका भन्दै मधेशीहरु सडकमा शान्तिपूर्ण र हिंस्रक भएर आएका छन्। जनजातिका आफ्ना गुनासाहरु छन्, शहरीया महिलाका आफ्ना गुनासाहरु छन् ग्रामीण महिलाका आफ्ना छन्। मध्यमवर्गहरुले मानवअधिकारका अनगिन्ति अधिकार समावेश गर्न सकेपनि उनीहरुका पनि गुनासा छन्। कर्णालीका आफ्ना गुनासाहरु छन् । यसरी नेपालको संविधानप्रति हरेकका गुनासा तथा विरोध प्रकट भइरहेका छन्। यसैगरी मौलिकहकमा रहेका व्यवस्था गर्न राज्यले ठूलौ धनराशी प्रत्येक वर्ष खर्चिनु पर्ने हुन्छ। जुन अहिले जस्तो आर्थिक वृद्धिदरले धान्न सक्दैन । यसकारण यी हरेक जाति, समुदाय, वर्ग र क्षेत्रका गुनासाहरुलाई बैठान नगरी संविधानका कार्यान्वयन मुस्किल हुँदैछ । यी बारे चर्चा गरिनु पर्छ र निष्कर्ष निकालिनु पर्छ।

    यही कुरालाई ध्यानमा राखेर अघिल्लो पटक नेपालको संविधान र यसको चुनौतिको विषयमा हामीले २०४७ सालका संविधानका मस्यौदाकार तथा पछिल्लो संविधान निर्माणको समयमा संविधानसभाका सदस्य भरतमोहन अधिकारीको संविधानका कार्यान्वयनका चुनौतिहरु- श्रृङ्खला १ लेख प्रकाशित गरेका थियौँ। साथै नयाँ संविधान र मधेशको सरोकार (तुलानारायण शाह) र नयाँ संविधान र दलित मुक्ति आन्दोलनको अबको कार्यदिशा (गणेश वि. के.) का धारणाहरु प्रस्तुत गरेका थियौँ। यसरी नै हामीले नेपालका चर्चित संविधानविद डा. भीमार्जुन आचार्यको अभिमत  जुन भरतमोहन अधिकारीका संविधानका कार्यान्वयनका चुनौतिहरु- श्रृङ्खला १ मा उल्लेखित धारणामाथि केन्द्रित थियो । हामी संविधानका कार्यान्वयनका चुनौतिहरुका विषयमा निरन्तर रुपमा बहस होस् भन्ने चाहान्छौं । यहाँहरुको सक्रिय सहभागिताका लागि अनुरोध छ। (सम्पादक)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: नेपालको संविधाननेपालको संविधान २०७२
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

      तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

      रोहेज खतिवडा
      कार्तिक २१, २०८०

      जेरूसलेम नजिकैको गाउँ एन करेममा जिसस क्राइस्टको जन्म हुँदा जेरूसलेम र सम्पूर्ण प्यालेस्टाइन युद्ध र हिंसाले त्राहिमाम थियो। विभिन्न साम्राज्यहरूको...

      इजरायल-प्यालेस्टाइन युद्ध – १

      इजरायल-प्यालेस्टाइन युद्ध – १

      रोहेज खतिवडा
      कार्तिक १७, २०८०

      सम्पूर्ण इजरायल यहुदीहरूको धार्मिक पर्व सुक्कोतमा रमाइरहेको थियो। विभिन्न स्थानमा सांगितिक उत्सव (म्युजिक फेस्टिवल) चलिरहेका थिए। अचानक आकाशबाट विष्फोटक रकेटहरूको...

      मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

      मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

      नरेश ज्ञवाली र सागर चन्द
      अशोज १८, २०८०

      ४ असोज सर्लाहीको मलगंवामा गणेशको मूर्ति विर्सजन गर्ने कार्यक्रम थियो। मूर्ति विर्सजन वर्षेनी हुने नियमित धार्मिक कार्य भएपनि यसपटक भने...

      मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

      मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

      जास्मिन मिक्रानी
      अशोज १७, २०८०

      म जास्मिन मिक्रानी, अम्जद अली मिक्रानीकी पत्नी। यो देशका सम्पूर्ण नेपालीलाई सर्लाहीको मलंगवामा २० भदौ र ४ असोजमा के भएको...

      मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

      मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

      नेपाल रिडर्स
      अशोज १७, २०८०

      सर्लाही सदरमुकाम मलंगवामा २० भदौमा पहिलो र ४ असोजमा भएको दोस्रो दंगाका कारण बजार अझै पूर्ण रुपमा खुल्न सकेको छैन।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.