भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सल्लाह दिएका छन् । दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिइरहेको आजको कारोबार दैनिकमा खबर छ।
नेपाल भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले यसअघिकै सर्बेक्षणअनुसार कोसी उच्च बाँध बनाउन बारम्बार दबाब आएको खुलासा गरे।
‘हामी नेपालीको अहितमा रहेको कोसी उच्च बाँध बनाउन भारतले बारम्बार दबाब दिँदै आएको छ,’ उपध्यायले भने – उसको स्वार्थ अनुसार बाँध निर्माणको सर्वेक्षण भएको हो । हामीले यसलाई अस्वीकृत गरेर कोशी ब्यारेकै संरचनालाई पनर्निर्माण गर्नुपर्छ।
स्मरण रहोस् कोशी उच्चबाधले भोजपुर उदयपुर र धनकुटाका तीन जिल्लाका सङ्गमका जनताहरुलाई विस्थापन गर्छ।