केहि दिन अगाडी प्रख्यात तानाशाह हिटलरको हाफ पैंटको लिलामी पछी अहिले आएर हिटलरको आत्मकथा बिक्रीमा राखियो । जर्मन तानाशाह एडोल्फ हिटलरको आत्मकथा ‘मीन कैम्फ’ मा हिटलरले दस्तखत गरेको ‘दुर्लभ प्रति’ अमेरिकामा ने.रु १३.३१२ लिलाम भएको छ । किताबको पहिलो पानामा हिटलरले ‘युद्धमा महान ब्यक्तिहरुले मात्र बाच्ने सौभाग्य प्राप्त गर्छन’ भनेर दस्तखतको साथ् भनाई लेखेका छन ।
अमेरिका का एलेक्सजेंडर भनाई बमोजिम जुनदिन हिटलरले आफ्नो आफ्नो आत्मकथामा दस्तखत गरेका थिए उक्त दिन उनको आफ्नो राजनैतिक जर्मन वर्कस पार्टीले रास्ट्रिय चुनावको सिलसिलामा पार्टीको उम्मेदवारहरुको समर्थनमा भाषण दिंदै प्रचारबाजी समेत गर्दै थिए ।
निलो कपडाको जिल्दा (गाता) हालेको हिटलरको आत्मकथा ‘मीन कैम्फ’ मा हिटलरको पार्टीको छाप समेत मौजुद रहेको छ । २० हजार डलरको अनुमानमा लिलाममा राखिएको उक्त पुस्तक अन्तिममा आएर १३ हजार अमेरिकी डलरमा बिक्रि भएको थियो भने ‘मिन कैम्फ़’ अर्थ ‘मेरो संघर्ष’ हुन्छ । पानामाखबर डटकमबाट