Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

३२ जिल्लामा उम्मेदवारी दर्ता उत्साहजनक, दोस्रो चरण निर्वाचनकाे उम्मेदवारी दर्ता कात्तिक १६ गते

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ६, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ। बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म चलेको थियो । ‘५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगेका सबैको दर्ता गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न राति अबेरसम्म काम भएको हो,’ आयोग प्रवक्ता नवराज ढकालले भने ।

    प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३ सय २० र प्रदेशसभाको ७४ सदस्यका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको प्रवक्ता ढकालले बताए ।

    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएको र राजनीतिक दलहरूको सहभागिता उत्साहजनक रहेको बताए । मनोनयन दर्तासँगै उम्मेदवारका लागि निर्वाचन आचारसंहिता लागू भएको उनले जानकारी दिए ।

    आयोगले उच्च हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते र बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते तोकेको छ । दोस्रो चरणमा निर्वाचन हुने स्थानमा उम्मेदवारी दर्ता कात्तिक १६ गते हुनेछ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् । त्यस्तै प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा छन् । त्यसैगरी प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि १० गते पहिलो चरणमा निर्वाचन हुँदै छ ।

    पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्र छन् । नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखामा प्रतिनिधिसभाका लागि २/२ वटा निर्वाचन क्षेत्र छन् । अन्य जिल्लामा १/१ वटा मात्र निर्वाचन क्षेत्र छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् । प्रत्येक जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको आयोगका प्रवक्ता ढकालले बताए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मात्रै खोलिएको छ । दुई निर्वाचन क्षेत्र रहेका जिल्लामा मुख्य निर्वाचन अधिकृत र थप एउटा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

    प्रदेशसभातर्फको उम्मेदवारी मनोनयन पनि सँगै भएको छ । प्रदेशसभाका लागि छुट्टै निर्वाचन अधिकृतको कार्यालय खोलिएको छैन । प्रतिनिधिसभातर्फका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले नै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र परेका प्रदेशसभा क्षेत्रको उम्मेदवारी मनोनयनदेखि निर्वाचन सम्पन्न गराउनेसम्मको जिम्मेवारी पाएका छन् ।

    पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र प्रदेशसभाका दुईवटा क्षेत्र निर्धारण गरिएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सोही प्रदेशभित्रको मतदाता हुनुपर्ने प्रावधान छ । विगतको निर्वाचनमा जस्तो एउटै व्यक्तिले एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने छैन । संविधानले नै एकभन्दा बढी स्थानमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको हो । उम्मेदवारीउपर छानबिन र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।

    टोपी, टिसर्ट प्रयोगमा रोक

    आयोगले आगामी निर्वाचनमा निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, टिसर्ट, झोला, ट्याटु र गम्छा जस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई सख्त निषेध गरेको जनाएको छ । निर्वाचन खर्चलाई मितव्ययी बनाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले प्रचारका ती सामग्रीमा रोक लगाइएको हो । आयोगले आइतबार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर त्यस्ता सामग्रीको उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रणमा लिन निर्देशन दिएको छ । आदेशविपरीत त्यस्ता सामग्री चुनाव प्रचारमा प्रयोग गर्ने दल र उम्मेदवारलाई कारबाही गरिने आयोगले चेतावनी दिएको छ । निर्वाचन दैनिकमा समाचार छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.