Tuesday, April 13, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

३२ जिल्लामा उम्मेदवारी दर्ता उत्साहजनक, दोस्रो चरण निर्वाचनकाे उम्मेदवारी दर्ता कात्तिक १६ गते

by पत्रपत्रिकाबाट
October 23, 2017
- समाचार
Share on FacebookShare on TwitterEmail

पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ। बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म चलेको थियो । ‘५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगेका सबैको दर्ता गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न राति अबेरसम्म काम भएको हो,’ आयोग प्रवक्ता नवराज ढकालले भने ।

प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३ सय २० र प्रदेशसभाको ७४ सदस्यका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको प्रवक्ता ढकालले बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएको र राजनीतिक दलहरूको सहभागिता उत्साहजनक रहेको बताए । मनोनयन दर्तासँगै उम्मेदवारका लागि निर्वाचन आचारसंहिता लागू भएको उनले जानकारी दिए ।

आयोगले उच्च हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते र बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते तोकेको छ । दोस्रो चरणमा निर्वाचन हुने स्थानमा उम्मेदवारी दर्ता कात्तिक १६ गते हुनेछ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् । त्यस्तै प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा छन् । त्यसैगरी प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि १० गते पहिलो चरणमा निर्वाचन हुँदै छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्र छन् । नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखामा प्रतिनिधिसभाका लागि २/२ वटा निर्वाचन क्षेत्र छन् । अन्य जिल्लामा १/१ वटा मात्र निर्वाचन क्षेत्र छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् । प्रत्येक जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको आयोगका प्रवक्ता ढकालले बताए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मात्रै खोलिएको छ । दुई निर्वाचन क्षेत्र रहेका जिल्लामा मुख्य निर्वाचन अधिकृत र थप एउटा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।

प्रदेशसभातर्फको उम्मेदवारी मनोनयन पनि सँगै भएको छ । प्रदेशसभाका लागि छुट्टै निर्वाचन अधिकृतको कार्यालय खोलिएको छैन । प्रतिनिधिसभातर्फका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले नै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र परेका प्रदेशसभा क्षेत्रको उम्मेदवारी मनोनयनदेखि निर्वाचन सम्पन्न गराउनेसम्मको जिम्मेवारी पाएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र प्रदेशसभाका दुईवटा क्षेत्र निर्धारण गरिएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सोही प्रदेशभित्रको मतदाता हुनुपर्ने प्रावधान छ । विगतको निर्वाचनमा जस्तो एउटै व्यक्तिले एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने छैन । संविधानले नै एकभन्दा बढी स्थानमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको हो । उम्मेदवारीउपर छानबिन र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।

टोपी, टिसर्ट प्रयोगमा रोक

आयोगले आगामी निर्वाचनमा निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, टिसर्ट, झोला, ट्याटु र गम्छा जस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई सख्त निषेध गरेको जनाएको छ । निर्वाचन खर्चलाई मितव्ययी बनाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले प्रचारका ती सामग्रीमा रोक लगाइएको हो । आयोगले आइतबार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर त्यस्ता सामग्रीको उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रणमा लिन निर्देशन दिएको छ । आदेशविपरीत त्यस्ता सामग्री चुनाव प्रचारमा प्रयोग गर्ने दल र उम्मेदवारलाई कारबाही गरिने आयोगले चेतावनी दिएको छ । निर्वाचन दैनिकमा समाचार छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.