एकल महिला, दलित, सिमान्तकृत, गरीब महिलाहरूलार्इ लक्षित गरि ‘डुरन डुरन-एसिया अाेमन ब्रिज’ नामक संस्थाले ‘डिडि बेकरी’ मार्फत यस बर्ष १७ जना महिलाहरूलार्इ तालिम दिएकाे छ । पितृसत्तात्मक समाजमा मुल समस्याका रुपमा रहेको लैंगिक विभेद हटाउन र महिलालार्इ आत्मनिर्भर बनाउने उद्येश्यले राजधानीमा ८ महिने लैंगिक नेतृत्व र अार्थिक सशक्तिकरण तालिम सम्पन्न हुँदैछ ।
लैंगिक नेतृत्व सशक्तिकरण कार्यशालामा अार्थिक सशक्तिकरण बिषयमा सिता अर्याल, कानूनका बिषयमा निसा अर्याल र बिष्णुमाया भूसाल र लैंगिक हिंसा तथा विभेदका बारे रूपा शर्मा ‘नेहा’ले प्रशिक्षण दिनुभएकाे थियाे। ‘डुरन डुरन-एसिया अाेमन ब्रिज’ का अध्यक्ष जाङ्ग फिल ह्वा, संचालकद्वय लि साङ्ग ह्वा र अाे हे रानकाे उपस्थिति रहेकाे कार्यशालामा अध्यक्ष जाङ्गले काेरियामा महिलाकाे अवस्थालार्इ ४ पुस्ताकाे अध्ययनबाट प्रष्ट पार्नुभएकाे थियाे । १९५० युद्वपछि काेरियाली महिलाहरूकाे अवस्था र हालकाे पुस्ताकाे अन्तर र विकास, सिकार्इ र अनुभवलार्इ जाङ्गले प्रशिक्षार्थी समक्ष प्रस्तुत गर्नुभएकाे थियाे ।
संस्थाले तालिम सँगसँगै काम गर्न इच्छुक तर अार्थिक अवस्था कमजाेर भएका महिलाहरूलार्इ १ देखि २ लाख ५० हजारसम्म नगद सहयाेग पनि गर्ने गरेकाे छ । अघिल्ला बर्षझै यस बर्ष पनि ३ जना प्रशिक्षार्थीलार्इ नगद सहयाेग गर्ने पनि संस्थाले जानकारी गराएकाे छ। सहयाेग पाउने मध्ये रचना कार्कीले याे तालिमले म अात्मनिर्भर हुन सक्छु भन्नेमा उर्जा थप्दै मेराे सपनालार्इ साकार गरेकाे छ। मैले सहयाेग पाए यसपछि म अाफूले पनि ३,४ जनालार्इ राेजगारी दिनसक्छु। यस्ता कार्यक्रम र तालिमले महिलालार्इ अात्मनिर्भर हुन धेरै सहयाेग पुग्ने पनि बताउनुभयाे।