सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्षभित्र मध्यमस्तरको अायसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षमा आर्थिक सुधारको प्रयास गरिने, ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने र १० वर्षभित्र मध्यस्तरको विकास प्राप्तीको लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ।
साथै आय असमानता पनि कम गरिने उल्लेख छ। समृद्ध नेपाल र सुखी नेपालको अवधारणालाई एक दशकभित्र पूरा गरिने पनि भनिएको छ। नीति तथा कार्यक्रम समद्धिको इतिहासको आधार वर्ष भएको भन्दै सरकारले विकासनीति, कार्यनीतिमा आमुल परिवर्तन गरिने जनाएको छ।
आगामी आर्थिक वर्ष २०७५/७६ लाई समृद्धिको इतिहास रच्ने आधार वर्ष हुने सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
संघीय संसद्को बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अहिलेको सरकारले लोकप्रियताका लागि मात्र नभइ काम गरेर लोकप्रियता कमाउने उल्लेख छ । सबै प्रकारको विभेद अन्त्य गरी शान्ति र स्थायित्वको आधार तयार पार्न यो सरकार लाग्ने उनको दाबी छ ।
आगामी आर्थिक वर्षमा दोहोरो अंकको नजिकको आर्थिक वृद्धि हासिल गर्ने र आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । त्यस्तै, आगामी ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पढ्नुहाेस् सरकारले आगामी आर्थिक वर्षकाे लागि सार्वजनिक गरेकाे नीति तथा कार्यक्रमकाे पूर्णपाठ
आर्थिक_वर्ष_२०७५_७६_को_नीति_तथा_
सरकारले आगामी आर्थिक वर्षकाे लागि सार्वजनिक गरेकाे नीति तथा कार्यक्रम भिडियाेमा हेर्नुहाेस् ः
https://youtu.be/fQD0CBHLJFo