Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली–प्रचण्डको निर्देशनविपरीत मदन भण्डारी फाउन्डेसन सक्रिय, रोकिएन गुटगत गतिविधि

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत भदौ २९ गते अन्तरपार्टी निर्देशन जारी गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूका नाममा खोलिएका प्रतिष्ठानहरूलाई गतिविधि नगर्न निर्देशन दिएका थिए ।

    पार्टीका प्रतिष्ठानहरू गुटबन्दीका अखडा बनेको निचोड निकाल्दै ती संस्थाहरूलाई नियमन गर्न आवश्यक रहेको ओली–प्रचण्डको ठहर थियो । प्रतिष्ठानहरूमा पार्टीका नेता वा कार्यकर्ताको संलग्नता र त्यसको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त नहुञ्जेलन गतिविधि गर्न दिन नहुने स्थायी कमिटी बैठकको निष्कर्ष पनि थियो । त्यही निर्णयलाई कार्यान्वयन गर्न अध्यक्षद्वयले अपानि बनाएर मातहतका निकाय–कमिटीमा पठाएका थिए ।

    तर, ओली समूह संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनले गतिविधिलाई कायमै राखेको छ । फाउन्डेसनले काठमाडौं केन्द्रित गरेर विभिन्न गुटगत र पार्टीका गतिविधिसँग मिल्दोजुल्दो (समानान्तर) कार्यक्रम जारी राखेको नेकपाका नेताहरूले जनाएका छन् ।

    मदन भण्डारी फाउन्डेसनको पार्टीको संरचनासँगै मेल खाने स्थानीय, जिल्ला कमिटीहरू छन् । काठमाडौंको नेतृत्व दीपक निरौलाले गरेका छन् । तत्कालीन एमालेको जिल्ला कमिटीको पदाधिकारीमै रहिसकेका निरौला काठमाडौं ५ को प्रदेशसभा सदस्य पनि हुन् ।

    उनको सक्रियतामा काठमाडौंमा फाउन्डेसनले गतिविधि जारी राखेको नेकपाका एक नेताले जानकारी दिए ।

    उनकाअनुसार साउन र भदौमा पार्टी विवाद उत्कर्षमा पुगेका बेला फाउन्डेसनले काठमाडौंका नगरैपिच्छे भेला राखेको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस (साउन ७) को अवसर पारेर फाउन्डेसनले गतिविधिलाई तीव्रता दिएको थियो ।
    पार्टीभित्रको विवाद साम्य भइसकेपछि पनि फाउन्डेसन सक्रिय रहेको नेताहरूले बताएका छन् ।

    फाउन्डेसनको बूढानीलकण्ठ नगरकमिटीले साउन ७ गते रक्तदान कार्यक्रम आयोजना गरेको ती नेता बताउँछन् ।

    साउन ५ गते कीर्तिपुर र साउन ३ गते टोखा, असोज २ गते काठमाडौं महानगर कमिटीले पनि सोही प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो । संविधान दिवसको दिन तारकेश्वर नगर कमिटीले पनि दीप प्रज्ज्वलनसहितको कार्यक्रम आयोजना गरेर गतिविधिलाई निरन्तरता दिएको थियो ।

    संविधान दिवसकै सन्दर्भ पारेर मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटीले भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको थियो । नेपालको संविधान र मौलिक हक कार्यान्वयनको सवाल नाम दिएको कार्यक्रमका वक्ताहरूमा प्रधानमन्त्रीको पूर्व प्रेस सल्लाहका डा. कुन्दन अर्याल, डा डम्बर चेम्जोङ, सुशील प्याकुरेल, राधा वाग्ले लगायत थिए ।

    भदौ २९ मदन भण्डारी काठमाडौंले नै बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर पार्टीगत गतिविधिकै झल्को दिएको थियो ।

    के भनिएको थियो निर्देशनमा ?

    पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ–संस्थाहरू परिचालित छन् । यी मध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ । त्यसका लागि निम्नानुसार गर्ने :
    पार्टीले यस्ता संस्थाहरूमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्ने । सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने । – बाह्रखरी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.