राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चाल गरिएको कक्ष १२ को नतिजा सोमबार सार्वजनिक गरिएको हो । जसमा ३ हजार ६७ जना विद्यार्थीले उच्च तह (जीपीए ३.६१ देखि ४.००) ल्याएका छन् । त्यस्तै (३.२१ देखि ३.६०) सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ । त्यसैगरी २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षमा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जना परिक्षार्थी समावेश भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
नतिजा हर्न नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिएर सिम्बाेल नम्बर टाइप गरी १६०० मा एसएमएस गरेर हेर्न सकिन्छ । साथै www.neb.gov.np, www.neb.ntc.net.np र www.edusanjal.com मा गएर पनि नतिजा हेर्न सकिनेछ ।