सरकारले उपत्यकाभित्र विरोध प्रदर्शन गर्न पाउने स्थान तोकेको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको हो ।
विरोध प्रदर्शनका लागि तोकिएका स्थान यसप्रकार छन् ।
काठमाडौंमा विरोध प्रदर्शन गर्न पाइने स्थानः
खुलामञ्च, तिनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर ।
ललितपुरमा विरोध प्रदर्शन गर्न पाइने स्थानः
च्यासलको खेलमैदान, गोदावरी बसपार्कनजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोबीघाटनजिकैको मलपोखरीको खुला ठाउँ ।
भक्तपुरमा विरोध प्रदर्शन गर्न पाइने स्थानः
सल्लाघारीको नेपाल ट्रस्टको खाली जग्गा ।