Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के विषयमा भयाे विश्वव्यापी चासोकाे चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच वार्ता?

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र १५, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ ।

    बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र उहाँको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले उहाँलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स काँग्रेसमा विशेष सम्मान र स्वागत गर्नुभएको बताएको छ । गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहनुभएको पनि खुलेको छ । तर त्यसलाई चीनले भने मङ्गलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भन्नुभएको थियो ।

    उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिक रुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।  यसअघि मङ्गलबार नै विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुग्नुभएको समाचार सार्वजनिक गरेका थिए । यसलाई चीनले लुकाएको उनीहरुले भनेका थिए । यो समाचार पहिलो पटक जापानी सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । ती मिडियाले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए । बेइजिङ् र यसको आसपासमा उत्तर कोरियाको जस्तो देखिने रेल पुगेको उनीहरुको भनाई थियो । त्यो समाचारको चीनले भने खण्डन गरेको थियो । तर मङ्गलबार रातिसम्म यो पुष्टि पनि भएको छ ।

    यसलाई चिनियाँ मिडियाले नै पुष्टि गरेका छन् । केही दिनको भ्रमणपछि मात्र चीनको सिन्ह्वा समाचार संस्थामार्फत उत्तर कोरियाली नेताले बेइजिङ भ्रमणको पुष्टि गरिएको हो । उत्तर कोरियाली नेता किमले सन् २०११ मा सत्ता सम्हालेयता यो उहाँको पहिलो विदेश भ्रमण हो । तर यसलाई औपचारिक भ्रमण भने भनिएको छैन ।

    चिनियाँ कम्युनिष्ट पार्टीको आमन्त्रणमा उहाँ बेइजिङ् पुग्नुभएको बताइएको छ । उहाँको सम्मानमा चिनियाँ राष्ट्रपति सिले मङ्गलबार राति बेइजिङमा रहेको ग्रेट हल अफ पिपुल्समा रात्रि भोजको आयोजना गर्नुभएको थियो ।

    वार्तामा के विषयमा कुराकानी भयो ? 

    चिनियाँ राष्ट्रपति सि जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बेइजिङमा छलफल भएको समाचार आएको छ । यसलाई चीन सरकारले नै पुष्टि गरेको छ ।  सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएका उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सिबीच भएको वार्ता नै यतिखेर विश्वका मिडियाको चासोको विषय भएको छ ।

    हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने भनी समाचार आएको थियो । उहाँहरुबीच आमी मे महिनाको सुरुवातामा वार्ता हुने बताइएको छ । त्यसैगरी उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा पछिल्लो पटक सुधार आएको नै ठानिएको छ । यी दुई देशबीच पनि आगामी माहिना उच्चस्तरीय बैठकको आयोजनाको तयारीको समाचार आएको हो । संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले सो वार्ता गर्न लागेको भनिएकोमा उक्त वार्ताको अघि यो भ्रमण भएकोले विश्वमा नै चासो बढेको हो ।

    यसबीचमा अमेरिकी राष्ट्रपतिले पनि उत्तर कोरियासँग वार्ता गर्नुअघि चीन र जापानसँग पनि छलफल गर्ने बताउनुभएको थियो । आगामी वार्ताहरूमा बेइजिङको भूमिकाको खोजी भइ नै रहेको थियो । यसै सन्दर्भमा उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेबाट अब भने चीनको भूमिकाको झनै बढी मात्रामा खोजी हुने अनुमान गरिएको छ ।  त्यस वार्तामा आपसी हितका विविध पक्षमा मात्र कुराकानी भएको सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले सो भेटमा सुरुमा चिनियाँ राष्ट्रपति दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकोमा किमले बधाई दिनुभयो र राष्ट्रपति सिले धन्यवाद दिनुभएको थियो ।

    त्यस्तै राष्ट्रपति सिले पहिलो विदेश भ्रमणका रुपमा बेइजिङ आएकोमा नेता किमलाई धन्यवाद दिनुभएको सिन्ह्वाले जनाएको छ । त्यसैगरी उक्त भेटकाक्रममा कोरियाली प्रायद्वीपमा जारी रहेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ । त्यस बारेमा के कुराकानी भयो र परमाणु उत्पादन र परीक्षणका बारेमा उत्तर कोरियाको केही प्रतिबद्धता आयो या आएन भन्ने बारेमा भने केही बताइएको छैन ।

    त्यसैगरी अमेरिका र उत्तर कोरियाका साथै उत्तर र दक्षिण कोरियाको आसन्न वार्ताका बारेमा पनि के कस्तो कुराकानी भए भन्ने बारेमा पनि केही बताइएको छैन ।

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.