ट्रम्पले गर्भपतन अधिकारलाई प्रतिबन्ध गर्ने भनेपनि गर्भपतन गराइएर बनाइएको रेगेनरोन एन्टिबडी ककटेल नै प्रयोग गरेका छन्।
डोनाल्ड ट्रम्प कोभिड–१९ को उपचारका लागि वाल्टर रीड मेडिकल सेन्टरमा अस्पतालमा भर्ना भई गत सोमबार व्हाइट हाउस फर्केका छन्। तथापी उनलाई गरिएको उपचार नै उटपट्याङ्ग भएको अनेक रिपोर्ट आएका छन्।
यसैबीच वासिङ्गटन पोस्टले प्रकासमा ल्याएको समाचार अनुसार उनलाई प्रयोग गरिएको रेनेजेनरनको एन्टिबडी गर्भपतन गरिएको भ्रूणकोषबाट निर्मित भएको कुराले विश्व नै आश्चर्यमा परेको छ। आश्चर्यमा पर्नु भएको कारण ट्रम्प वारम्वार गर्भपतनको अधिकारलाई प्रतिबन्ध लगाइने उद्घोष गर्दै थिए तर उनले नै गर्भपतन भ्रूणकोषबाट निर्मित एन्टिबडी प्रयोग गरेर ज्यान बचाउनु पर्यो।
यो औषधि रेजेनरोनले विकास गरेको एक मोनोक्लोनल एन्टिबडी ककटेल हो। यसलाई अस्पतालमा भर्ना हुँदा राष्ट्रपतिले यसको ८ ग्राम “अनुकम्पापूर्ण प्रयोग” गरे, जब कि यसको माबा २.४ ग्राम भनिएको थियो। यद्यपी यसको प्रयोग कोभिड -१९ का लागि अनुमोदित छैन।
यो औषधि HEK-293T नामक कोषहरुबाट विकसित गरिन्छ। जुन कोषहरु गर्भपात गरिएको भ्रूणको मृगोलोबाट निकालिएका हुन्छन्। यसको विकास सन् १९७० मा नेदरल्याण्डका गरिएको थियो।स्मरण रहोस् रिपब्लिकन पार्टी प्लेटफर्मले स्पष्ट रूपमा भ्रुण स्टेम सेल अनुसन्धानको विरोध गर्दछ, र भ्रुण स्टेम सेल अनुसन्धानका लागि संघीय कोषमा प्रतिबन्धको लागि आह्वान गर्दछ, किनकि एचईके सेलहरू जस्तै तिनीहरू पनि भ्रुणबाट उत्पन्न भएका हुन्। – एजेन्सीको सहयोगमा