बाढीका कारण नारायणी नदीमा बग्दै आएका ६ वटा गैंडा र दुई सय बढी हरिण भारतीय भूमिमा पुगेका छन्। अबिरल पानी परेपछि शनिबार नवलपरासीको राष्ट्रिय निकुञ्ज जंगलबाट अतालिदैं बाहिर निस्केका गैंडा र हरिण नारायणी नदीमा बगेका थिए।
जसमध्ये एउटा गैंडा र ७ वटा हरिण मृत अवस्थामा नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका विभिन्न ठोकरमा फेला परेको जिल्ला वन अधिकृत विजयराज सुवेदीले बताए।
शनिबारदेखि मंगलबार दिउँसोसम्म करिब दुई सय बढी हरिण बगेर भारत पुगेको अनुमान गरिएको सुवेदीले बताए। ‘नदीमा केही जिउँदै र केही मरेर बगेको देखियो,’ सुवेदीले भने, ‘मरेर नदी किनारमा तैरिएको अवस्थामा रहेका हरिणजातका ३ चित्तल, ४ रतुवा र १ गैंडा फेला परेका छन्।’
नदीमा बग्दै गएका ६ वटा जीवित गैंडा भने त्रिवेणी ब्यारेजको पारी पट्टी रहेको भारतीय भूभाग बाल्मीकी नगरस्थित नेशनल पार्कको जंगलमा पुगेको जिल्ला वन अधिकृत सुवेदीले बताए। भारतीय वन अधिकृतलाई उद्धर सुवेदीले केही हरिणहरु जीवितै नेशनल पार्कको जंगलमा आएको बताए। हरिणको यकिन संख्या भने जानकारी नभएको उनले बताए। अन्नपूर्णमा समाचार छ ।