बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो ।उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी रहेको छ ।यसैबीच, गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको थियो । यो झडपका क्रममा प्रहरीको गोली लागेर कम्तिमा पनि आठजना प्रदर्शनकारी घाइते भएका थिए। घाइतेहरुममध्ये भीभीमदत्त नगरापालिका–१८ बस्ने १७ वर्षीय अर्जुन भण्डारीको अवस्था चिन्ताजनक छ । उनको दायाँ खुट्टामा लागेको छ ।
पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
https://youtu.be/gk51ND_ZWd8
https://youtu.be/gk51ND_ZWd8