नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रिय सभाका उम्मेद्वार चयन गरेको छ । आज(शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेद्वारहरुको नाम टुङ्गो लगाएको हो ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुँदैछ । निर्वाचन आयोगले सो निर्वाचनका लागि यही पुस २० गते उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिकता तय गरेको छ । नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित राष्ट्रियसभाका उम्मेद्वारहरुको नामावली यसप्रकार छ –
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट
![sf7df8f}F, !* k'; M
k|wfgdGqL lgjf; jfn'jf6f/df z'qmaf/ laxfg a;]sf] ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] a}7sdf k|wfgdGqL Pj+ kf6L{sf cWoIf s]kL zdf{ cf]nL, cWoIf k'iksdn bfxfn
k|r08Ú nufot .
t:jL/ M k|wfgdGqLsf] ;lrjfno÷ /f;;](https://www.nepalreaders.com/wp-content/uploads/2020/01/nekapa-2048x988-1-750x375.jpg)









