Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Thursday, May 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेतृत्वको आँखामा महिला ‘रथका दुई पांग्रा’ मध्ये एउटा किन कमजोर मानिन्छ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १३, २०७४
- समाचार
A A
0
  •  share
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारी सेवाको मियोकारूपमा रहेको निजामती सेवामा उल्लेखनीय रूपमा महिलाको सहभागिता बढिरहेको छ । महिलाका सन्दर्भमा राज्यले अपनाएको समावेशी प्रशासनको अवधारणालाई सकारात्मक रूपमा नै लिनुपर्ने देखिन्छ । यद्यपि यसभित्रका नकरात्मक पक्ष पनि छन् । आरक्षण अगाडिसम्म मुस्किलले ८ प्रतिशतको हाराहारीमा रहेका महिलाको संख्या अहिले करिब १८ प्रतिशत पुगेको अवस्थालाई महत्वपूर्ण मान्नुपर्छ ।

    निजामती सेवामा महिलाको उपस्थिती दिनप्रतिदिन बढ्दै गइरहेको भएता पनि अझै पनि महिला कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारीका रूपमा हेरिने परम्परा कायमै छ । महत्वपूर्ण कामको जिम्मेवारी महिलालाई दिन हिच्किचाउने प्रवृत्ति छँदैछ । यस्तो अवस्थामा कसरी महिला कर्मचारीको क्षमता उजागार हुन सक्छ ? निजामती सेवामा महिला कर्मचारीको संख्या बढ्दै छ । तर, उनीहरूको क्षमताको भरपूर उपयोग भने हुन सकिरहेको छैन । करिब ७० जना विशिष्ठ श्रेणीका निजामती कर्मचारी (सचिव) मध्ये दुई मात्रै महिला छन् । नीतिगत तहमा महिला अत्यन्त न्यून छन् । बढुवाकालागि आवश्यक सबै योग्यता पुग्दा समेत बढुवा नगरिएका उदाहरण पनि छन् । त्यसैगरी चुनौतीपूर्ण काममा समेत महिला कर्मचारीको संलग्नता कमै छ । ७५ जना प्रमुख जिल्ला अधिकारीमा १ जना मात्रै महिला छन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर महिला कर्मचारी पहिचान बनाउन खोजिरहेका छन् । तर, जिम्मेवारी दिन नेतृत्वले विश्वास गरेको देखिँदैन । महिला कर्मचारी पठायो भने त आकाशै झर्छ कि जस्तो व्यवहार देखाइरहेका छन्।

    केही समयअघिसम्म औलामा गन्न सक्ने महिला कर्मचारी मात्र स्थानीय निकायका कार्यकारी अधिकृत हुने गरेका थिए । तर, अहिले संघीयताको कार्यान्वयनका क्रममा महिला कर्मचारीले पनि स्थानीय तहमा गएर काम गर्ने अवसर पाएका छन् । र, उनीहरूले राम्रो काम पनि गरिरहेका छन् । यसले उनीहरू जस्तोसुकै चुनौतीको काम पनि गर्न सक्छन् भन्ने स्पष्ट पारेको छ।

    निजामती सेवामा दुई वर्गका नेतृत्व देखिएका छन् । एउटा वर्गले महिलालाई हरेक क्षेत्रमा प्रोत्साहन गरी चुनौतीपूर्ण काम गर्न प्रेरित गरिरहेका छन् भने अर्कोले महिलाले कहाँ गल्ती गर्छन् र कसरी उनीहरूलाई हतोत्साही बनाउने भनी च्याँखे थापेर बसेका पनि भेटिएको छ। त्यसो गर्नुमा उनीहरूको पारिवारिक पृष्ठभूमि, हुर्काइ, परिवारमा महिलालाई दिने सम्मान, महिलाप्रतिको दृष्टिकोण, विचार, सोच जस्ता विविध पक्षहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । महिलाको नेतृत्व वा संरक्षणमा हुर्केको अथवा महिलालाई स–सम्मान र इज्जत दिने परिवारमा बढेको व्यक्तिले महिलालाई उपेक्षा वा अपमान कदापी गर्न सक्दैन । उसको परिवारमा महिलाको स्थान सदैव उच्च रहने हुन्छ । र, जहाँ भए पनि उसले महिलालाई सम्मान दिने तथा अगाडि बढ्न प्रोत्साहित गर्छ । तर, जुन परिवारमा महिलालाई सम्मान र इज्जत दिइँदैन, त्यस्तो परिवारमा हुर्केको व्यक्तिले सदैव महिलालाई हेयको दृष्टिले हेर्ने, नकारात्मक धारणा राख्ने, महिलालाई अगाडि बढ्ने नदिने, उनीहरूको क्षमताको अवमूल्यांकन गर्ने, कमीकमजोरी मात्रै खोजिरहने हुन्छन् । तसर्थ नेतृत्व वर्गको पारिवारिक पृष्ठभूमिले पनि महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक र नकारात्मक बनाउन मद्दत पुर्याइरहेको हुन्छ।

    वास्तवमा हाम्रो निजामती सेवामा महिलालाई विश्वास गर्ने, उनीहरूको क्षमताको कदर गर्ने, अगाडि बढ्न प्रोत्साहित गर्ने र उनीहरूलाई सम्मान गर्ने नेतृत्वको संख्या अत्यन्त न्युन छ । र, जो महिला कर्मचारी त्यस्ता नेतृत्वको मातहतमा काम गर्न पाएका छन् उनीहरूले आफूलाई अब्बल साबित गरिसकेका छन् । तसर्थ नेतृत्व वर्गबाट महिलालाई आरक्षण मात्र होइन कि उनीहरूको क्षमता उजागर हुने किसिमका नीति, कार्यक्रम, व्यवहार पनि ल्याइनुपर्छ । राज्यको पुनर्संरचना भइरहेको अवस्थामा निजामती सेवामा संख्यात्मक रूपमा महिला कर्मचारी बढाएर मात्र हुँदैन, उनीहरूलाई पनि जिम्मेवार बनाउन उत्तिकै जरुरी छ । यसका लागि देहायका उपाय अपनाउनुपर्ने हुन्छः

    अस्तित्वको पहिचान

    निजामती सेवामा महिला कर्मचारीको उपस्थिति छ, अस्तित्व छ, उनीहरूलाई पनि सही स्थान दिनुपर्छ भन्ने कुरा उच्च पदस्थ नेतृत्व वर्ग वा राज्य संयन्त्रले स्वीकार्नुपर्छ । अहिलेको समावेशी राज्य व्यवस्थामा सबैले आ–आफ्नो पहिचान खोज्नु अस्वभाविक होइन ।

    सूचनामाथिको पहुँच

    महिला कर्मचारीको अस्तित्व स्वीकार गरेर मात्र पुग्दैन, राज्यका हरेक क्रियाकलाप एवं सूचनामाथि उनीहरूको पहुँच पनि हुनुपर्छ । कतिपय अवस्थामा महिला कर्मचारीको सूचनासम्म पहुँच नै पुगेको हुँदैन । जबसम्म सूचनामा पहँच हुँदैन, तबसम्म कुनै अवसर पाइँदैन ।

    अवसर प्राप्ति

    महिला कर्मचारीलाई चुनौतीपूर्ण काम गर्ने अवसर दिनुपर्छ । जसबाट उनीहरूभित्र लुकेर रहेको प्रतिभा एवं क्षमता उजागर हुने मौका मिल्छ। काम गर्ने अवसर नै नदिएपछि उनीहरूको क्षमता देखिने कुरै भएन।

    स्रोतसाधनको उपलब्धता

    महिलालाई काम गर्ने अवसर मात्र दिएर पुग्दैन, सो जिम्मेवारी पूरा गर्न आवश्यक स्रोतसाधन समेतको व्यवस्था हुनुपर्छ । काम र जिम्मेवारी दिने तर स्रोतसाधन भएन भने उपलब्धीमूलक ढंगले कसैले पनि कार्यसम्पादन गर्न सक्दैन ।

    वृत्ति विकास

    महिलालाई पनि वृत्ति श्रृंङ्खला चढ्ने अवसरबाट वञ्चित गराइनु हुँदैन । उनीहरूको कार्यसम्पादन, क्षमता एवं अनुभवका आधारमा माथिल्लो पदमा जान सक्ने वातावरण हुनुपर्छ । जसले गर्दा उनीहरूमा काम गर्ने उत्प्रेरणा एवं मनोबल बढ्न जान्छ ।

    वास्तवमा घरलाई जति कुशलतापूर्वक महिलाले संचालन गर्न सक्छन् त्यति नै कुशलतापूर्वक सार्वजनिक जिम्मेवारीलाई पनि निर्वाह गर्न सक्छन् भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धान तथा घटनाहरुले देखाइसकेका छन् । फरक हेर्ने आँखामा मात्र छ । समाजले महिलालाइ घरको चार दिवारभित्रको काम एवं भूमिका तोकिदिएको र सार्वजनिक भूमिकाको वर्चस्व पुरुषको भागमा दिएकोले सार्वजनिक क्षेत्रमा महिलाको भूमिका स्वीकार्न समय लाग्नुलाई अस्वभाविक मान्नुपर्दैन । तर, अबको परिवेश फरक भइसकेको छ । महिला घरको चार दिवार नाघेर सार्वजनिक क्षेत्र, व्यापार, व्यवसाय, गीत, कला, संगीत, वैदेशिक व्यापार एवं रोजगारको क्षेत्रमा निकै अगाडि बढिसकेका छन् ।

    आधा आकाश ढाकेका महिलालाई साथमा लिएर विकास पथमा लम्किए मात्र राष्ट्रले समृद्धि हासिल गर्न सक्छ । अन्यथा ‘एक रथका दुई पांग्रा’मध्ये एउटा कमजोर हुनेबित्तिकै अर्को जतिसुकै बलियो भएता पनि सहज रूपमा गन्तव्यमा किमार्थ पुग्न सकिँदैन । तसर्थ निजामती सेवामा रहेका महिला कर्मचारीलाई पूर्णरूपमा उनीहरुको क्षमताको उपयोग हुने गरी महत्वपूर्ण जिम्मेवारी दिन सके सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढ्नुका साथै महिलाको नेतृत्व क्षमता बढ्छ भन्दा अतिशयोक्ति नहोला । प्रशासन डटकमबाट साभार।

    •  share
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.