नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।
लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो ।तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।
सबैलाई धन्यवाद: पारस खड्का
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएकोमा खुसी व्यक्त गरेका छन् । लगतै ट्वीट गर्दै पारसले समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
वर्षौंवर्षको कडा मेहनत, प्रतिवद्धता र लगावका कारण नेपाल ओडीआई नेशन बनेको भन्दै उनले भनेका छन्, ‘नेपाल क्रिकेटको ऐतिहासिक यात्रामा सहभागी सबैलाएई बधाइ छ ।’