नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति सदस्यहरूको नामावली सार्वजनिक भएको छ। नेकपाले पूर्व एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जना गरी ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो।
पार्टी एकीकरण लगत्तै निर्वाचन आयोगमा दर्ता भएको नेकपाले बुधबार नै आयोगमा केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली बुझाउँदै छ।
नेकपाले केन्द्रीय समितिबाहेक स्थायी आमन्त्रित सदस्यका रुपमा पुराना ६ नेतालाई छानेको छ।