नेपाल राष्ट्र बैंकले यही साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ ।
हासम्म रहेको तलेजु भवानीको मन्दिरको चित्रको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेने गरी नयाँ नोट आउने छ। र सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक नयाँ नोटमा राखिएको छ ।
स्मरण रहोस् मुद्राको कलेवर परिवर्तन उचितै भएपनि तराइ संस्कृतिलाई काठमाडौं उपत्यकाले आत्मसात् गरेको तलेजु भवानीको मन्दिरको प्रतीक चिह्न यसवेला हटाइनु हुदैन थियो । नेपाली संस्कृतिलाई नबुझी नेपाल राष्ट्र बैंकले गरेको यस्तो चिह्न फेरबदल कुनै पनि हालतमा प्रशंसनीय छैन।
संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको नोटमा यो परिवतर्न गरिएको हो ।