Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पार्टी फोड्ने कुरा गर्ने अपराधी हो, त्यस्तालाई जनताले धिक्कार्छन् – माधव नेपाल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २२, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आज नेकपा अध्यक्ष ओली र महासचिव विष्णु पौडेललगायतका नेताबाहके केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बस्नुभयो, बैठकको निष्कर्ष के हो?
    पार्टीभन्दा ठूलो केही पनि होइन । सबै समस्या पार्टीकै बैठकमा राख्नुपर्छ । सकडमा छर्ने होइन, बाहिर ल्याउने होइन । बैठकले निकालेको निष्कर्ष त्यही हो ।

    तपाईंहरूले त्यसरी बेग्लै अनौपचारिक बैठक गरेपछि त नेकपा फुट्ने हो कि भन्ने व्यापक आशंका हुन थालेको छ नि?
    पार्टी र आन्दोलन समाप्त हुँदैन, फुट्दैन । पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन ।

    पार्टी फुट्दैन भन्ने तपाईको दावी छ, तर जुट्ने सम्भावना कति छ?
    पार्टीको निर्णय पालना गरेर चल्नुपर्‍यो नि, किन फुट्छ पार्टी रु जसले फोड्ने कुरा गर्छ, त्यो अपराधी हुन्छ, कम्युनिस्ट आन्दोलनविरोधी हुन्छ, कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको ठहर हुन्छ । जनताको नजरमा पार्टीका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई धिक्कार्छन्, उसको सती जाँदैनन् । कसैले पार्टी फुटाउने दुस्साहस गर्छ भने एउटा नेताको पुच्छर समातेर कोही पनि सती जानेवाला छैन ।

    दुई अध्यक्षको छलफलमा तिक्त संवाद भइरहेको र अलग–अलग बाटो लागौँ भन्नेसम्मको प्रस्ताव आयो भन्ने छ, त्यसलाई कसरी हेर्नुभएको छ?
    जेसुकै भए पनि कमिटीको बैठकमा ल्याउने, त्यहीँ छलफल गर्ने र कमिटीको निर्णयलाई सर्वोपरी मान्ने गरी चल्नुपर्छ ।

    तर, तपाईहरूका बैठकलाई गुटको बैठक भन्दै प्रधानमन्त्रीले गुटका निर्णय नमान्ने स्पष्ट पारिसक्नुभएको छ नि, उहाँले निर्णय मान्ने सम्भावना छ?
    त्यही तयार गर्नका लागि हामी शनिबार छलफल गर्छौँ । उहाँलाई कन्भिन्स गर्छौँ । उहाँलाई ठीक बाटोमा आउन आग्रह गर्छौँ ।

    उहाँले निर्णय मान्दिनँ भने तपाईहरूसँग अरु विकल्प के छ?
    फेरि प्रयास गर्छौँ । अहिले नै किन आशंका गर्ने रु उहाँले सुन्नैपर्छ, गम्भीर कमजोरी सच्याउनुपर्छ । सुध्रिएर नयाँ ढंगले चल्नुपर्छ । कमिटीको बैठकमा व्यापक गहन छलफल, बहस हुँदै आएको छ । त्यसले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ ।

    प्रधानमन्त्री त पहिला दुई अध्यक्षबीच एजेन्डामा सहमति गर्ने अनि बैठक बोलाउने हो भन्ने अडानमा हुनुहुन्छ भन्ने कुरा आएको छ, दुई अध्यक्षबीचको सहमति विना बैठक किन बस्ने भन्ने प्रश्न पनि छ नि?
    दुई अध्यक्षका कुरा आफ्नो ठाउँमा छ, तर एजेन्डा तय गर्ने त कमिटीले हो । प्रस्ताव ल्याउने काम मात्र अध्यक्षहरूको हो । एजेन्डा कुन–कुन हुन्छ भनेर अन्तिम निर्णय गर्ने काम कमिटीको हो । कमिटी प्रणालीको ज्ञान भएका मान्छेले त्यही भन्छन् । किनभने कम्युनिस्ट पार्टी त्यही विधिमा चलेको छ, त्यही विधिबाटै चल्छ । त्योभन्दा अर्को व्यक्तिप्रधान हुँदैन । अध्यक्षलाई निरपेक्ष संस्थाका रूपमा मान्ने कुरा कसैले पनि स्वीकार गर्न सक्दैन ।

    प्रधानमन्त्रीसँगको छलफलपछि सहमतिमा बैठक बस्ने अवस्था भएन भने के तपाईंहरू बहुमतबाट औपचारिक बैठक राख्ने बाटोमा जानुहुन्छ?
    कमिटीको बैठक बस्छ, उहाँ आउनुपर्छ । आएर केन्द्रीय कमिटीको, स्थायी कमिटीको, सचिवालय बैठकको सम्मान गनुपर्छ र आफूलाई कमिटीको मातहतमा राख्ने मानसिकताबाट चल्नुपर्छ । उहाँले म पूर्वएमालेबाट आएको छु भनेपछि उहाँको पनि अवधि ०७६ को साउनको पहिलो साता सकिसकेको छ । किनभने त्यसपछि उपाध्यक्षहरू, अरू–अरूको पनि अवधिको कुरा आउँछ । त्यसकारण त्यस्ता कुरामा कुनै पनि दम छैन ।

    तर, पूर्वएमाले मिलेर पूर्वमाओवादी समूहलाई मिलाउने हो भने मात्रै एकताका साथ जान सकिन्छ भन्ने मतका आधारमा तपाईं र प्रधानमन्त्री ओलीलाई मिलाउने कोसिस पनि भइरहेको छ भन्ने कुरा बाहिर आइरहेको छ नि?
    पूर्व भन्ने चिज सकिएर हामी त नेकपा भइसकेका छौँ । सबैलाई मिलाएर साथमा लिएर जाने हो । पार्टीलाई विचार, विधि, नीतिबाट, पद्धतिबाट चलाउने हो । व्यक्तिको लहडका आधारमा होइन, पार्टीको विधानबाट चलाउने हो ।

    नयाँ पत्रिका दैनिक(२२ कार्तिक २०७७ शनिबार)मा प्रकाशित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.