नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल आइपुगेका छन् । झापामा रहेका पुष्पकमल छोराको निधनको खबर पाए लगत्तै काठमाडौं आएका हुन् । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्किएका थिए ।
प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर नर्भिक अस्पतालमा भेला हुन थालेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड पनि झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् । वयोधा अस्पतालको छतमा हेलिकोप्टर अवतरण गरेपछि उनी गाडीबाट थापाथलीस्थित नर्भिक अस्पताल आएका छन् । प्रकाश दाहालकी पत्नी विना मगर पनि बिहानै कञ्चनपुरको चुनावी कार्यक्रम रोकेर काठमाडौं फर्किएकी छन् । उनी रुँदै अस्पताल भवनभित्र छिरेकी छिन् ।
प्रकाशका छोरालाई भने अस्पतालमा नलगी गाडीमै राखिएको छ । प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठी बिहानै अस्पताल पुगेकी थिइन् । उनी प्रकाशको निधनपछि भाव विह्वल बनेकी छिन् । प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आएका छैनन् । आइतबार काँकडभिट्टाको कार्यक्रम सकेर ओली सोमबार काठमाडौं आउने उनका सहयोगी चेतन अधिकारीले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको पर्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय परिश डाँडामा राखिने भएको छ ।
ह्दयघातका कारण आज निधन भएका दाहालको पर्थिव शरिर अहिले नर्भिक अस्पतलमै छ । चुनावी अभियानका क्रममा झापामा रहेका अध्यक्ष प्रचण्ड चुनावी कार्यक्रम स्थगित गरी काठमाडौं फर्किएका छन् ।
माओवादी प्रवक्ता पम्फा भुषालका अनुसारका प्रकाश दाहालको पार्थिब शरिर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिशडाँडामा राखिने भएको हो ।