मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले नयाँ संरचनामा गरेकाे निर्वाचन क्षेत्र निर्धारण अनुसार निर्वाचन आयोगले निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।
नेपालको संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रयोजनको लागि देहाय बमोजिम निर्वाचन क्षेत्र निर्धारण गरेकोले निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन, २०७३ को दफा १२ को प्रयोजनको लागि सूचना प्रकाशन गर्दै असोज १८ मा विवरण सार्वजनिक गरेको हो ।
निर्वाचन क्षेत्रको पूर्ण विवरण यहाँ हेर्नुहाेस्ः nirwachan kshetra