फिल्म भाँडाकुटी कोर टिमले लोकेसन हन्ट गरि रहेको छ । हाल टिम बुटवल वरिपरि फिल्म छायांकन हुने सम्भावित स्थलहरु भ्रमण गरि रहेको छ ।
फिल्मका मुख्य कलाकार बेनिशा हमाल मुकुन भुसाल र क्रियटिभ टिम बाट निर्देशक किरण बिक र एसोसियट डिरेक्टर आचार्य गोपाल रुपन्देहीमा छन । किरण विकको लेखन तथा निर्देशनमा बन्ने यो सिनेमामा विवाहको विषयमा चार कथा बुनिएको छ। निर्देशक किरणका अनुसार भने, ‘भाँडाकुटीमा बच्चादेखि वयस्क दर्शकसम्मलाई मन पर्ने गरी चार कथा रोचक रुपमा प्रस्तुत गरिनेछ।’ फिल्मको चारओटै कथा बिहेसम्बन्धी हो जस मध्येको एउटा कथा दलित अन्तरजातीय प्रेम विवाहबारे हुने पनि उनले बताए। उनका अनुसार, भाँडाकुटी फिल्मले विवाहसम्बन्धी तीता-मीठा किस्साहरु हाँस्य शैलीमा भन्नेछ।
कलाकार तथा निर्देशकले बुटवलमा विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्व संग भेटघाट समेत गरेका छन । यस हप्ता रुपन्देहीको थारु वस्ती र सुकुम्बासी वस्ती हेर्ने योजना रहेको युनिटले जानेको छ। अन्तरजातीय प्रेम कथामा आधारित फिल्म भाँडाकुटीको बजेट एक करोड रहेको छ । कलम खड्का निर्माता रहेको यो फिल्म निर्माणको घोषणा घटस्थापनामा भएको हो । महावीर विश्वकर्मा, शेखर सुवेदी, रिजेन थापा आदि कलाकारको पनि अभिनय रहने यो फिल्मको छायांकन माघ १५ बाट हुनेछ।