लगातारकाे अविरल वर्षाका कारण पहिरो, बाढी र डुबान परी देशभर ज्यान गुमाउनेको संख्या ५८ पुगेको गृह मन्त्रालयले जनाएको छ । २३ जना बेपत्ता भएका छन् ।

मन्त्रालयका अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । आइतबार दिउँसो सम्म १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् भने ३ सय ९७ पशु चौपाया मरेका छन् भने हजारौं परिवार विस्थापित भएका छन् ।

अहिलेसम्म प्राप्त विवरण अनुसार,
| जिल्ला | मृत्यु संख्या |
| धनुषा | १ |
| बर्दिया | १ |
| झापा | ३ |
| मकवानपुर | २ |
| रौतहट | ८ |
| पाँचथर | १ |
| सिन्धुली | ४ |
| सुनसरी | ८ |
| बाँके | ३ |
| बारा | १ |
| सर्लाही | २ |
| मोरङ | ५ |
| दाङ | २ |
| पाल्पा | १ |
| कपिलवस्तु | १ |
| सुर्खेत | ३ |
कांग्रेसका सबै सांसदको एक महिनाको तलव बाढीपहिरो पीडितको राहतमा खर्चने
नेपाली कांग्रेसले आफ्ना सबै सांसदको एक महिनाको तलब बाढी पहिरो पीडितको राहतमा खर्चिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि प्रत्येक सांसदको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कांग्रेसका २ सय ७ सांसद छन्।

एमालेले बाढीपहिरो पीडितको उद्धारमा नेता कार्यकर्ता परिचालन गर्ने
नेकपा एमालेले बाढी पहिरो पीडितको उद्धारका तथा पुन:स्थापनामा आफ्ना जिल्ला कमिटीहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यलयमा आज बसेको मोर्चा संगठनको बैठकले तराईका १४ जिल्लामा रहेको आफ्ना भ्रातृ सगंठनलाई राहत तथा उद्धारको काममा समन्वय गर्न निर्देशन समेत दिएको छन्।











