अबिरल बर्षासँगै अाएकाे बाढीका कारण भक्तपुर र बनेपा क्षेत्र डुबानमा परेको छ । डुबानमा परी भक्तपुरमा तीनजनाको मृत्यु भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे(निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।
हेर्नुहाेस् भिडियाेः
https://youtu.be/mxj6j5bL9fw
https://youtu.be/mxj6j5bL9fw