भारतकी पूर्व विदेशमन्त्री शुष्मामा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो । भारतीय संचारमाध्यमका अनुसार शुष्मा स्वराजको हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार राति भारतको समय अनुसार १०: १५ बजे एआइआएएमएस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य समस्याकै कारण सन् २०१९ को निर्वाचनमा उनी उमेदवार नभएको जनाइएको थियो। उनको निधन भएपछि भारतका मन्त्री तथा भाजपाका नेताहरु नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पताल पुगेका छन् ।
स्वाराज लामो समयदेखि बिरामी थिइन्। उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्। मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन्। सुषमा स्वराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन्। सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन्। शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन्। स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो। भारतीय राजनीतिमा सुषमा स्वराजलाई रोल मोडलका रूपमा लिइन्छ।