नेपाल पत्रकार महासंघको आसन्न २५औँ महाधिवेशनका लागि सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ पत्रकार तीर्थ कोइरालाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। ३४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय कोइरालाको उम्मेदवारीमा एमाले निकट प्रेस चौतारी नेपालको समर्थनमा जनाएको हो। उनले “पत्रकारको मत पत्रकारलाई’ भन्ने प्रचारका साथ महासंघलाई एक गरीमायुक्त र व्यवशायीक बनाउने संकल्प लिएका छन्।
दलहरूको सद्भाव कायम राख्दै प्रजातान्त्रिक/लोकतान्त्रिक मूल्य मान्यताअनुकूल पत्रकार महासंघको स्वत्व जोगाएर अगाडि बढ्ने र नेतृत्व चयन गर्न पत्रकारहरू आफैँ सक्षम छन् भन्ने कुरा सिद्ध गर्ने चुनौती रहेकाे भन्दै पत्रकार महासंघलाई दलीय प्रभावबाट मुक्त राख्न आफूले पहल गरिरहने थाहाखबर डटकमका प्रधानसम्पादक काेइरालाले बताउनुभयाे।
यस्तै, महाधिवेसनमा मिडिया नेपालले टेकराज शाहीको नेतृत्वमा निर्बाचनमा भाग लिने निर्णय गरेको छ ।
केन्द्रीय अध्यक्ष गोपाल पौडेलको संयोजकत्वमा ५ सदस्यीय बार्ता समिती गठन गरि उहाँले सम्पुर्ण देशभरिका पार्षद,सहयोगि,शुभचिन्तक अग्रजहरुलाइ आफ्नो आफ्नो ठाउँ क्षेत्र बाट सहायोग तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्नु भएको छ ।
भदौ ४ र ५ गते काठमाडौँमा हुने महासंघको २५औँ महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष– २, महासचिव, सचिव– ६ र कोषाध्यक्षसहित ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। महाधिवेशनले महासंघलाई संघीय संरचनामा लैजानेछ। महाधिवेशनका लागि सत्तारुढ गठबन्धनका कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले गठबन्धन बनाएका छन्। यो गठबन्धनले प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।