Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

माधव नेपालको ४ प्रस्ताव अनावश्यक, पार्टी फुटाउने मदन भण्डारी प्रतिष्ठानको काम नरोकिने – ओली

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दुई अध्यक्षबीचको सम्बन्धमा तिक्ततापूर्ण अवस्था जारी रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले पार्टी एक ढिक्का बनाउने हो भने प्रधानमन्त्रीले मुख्य ४ विषयमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

    आफ्नो समूहसँग मात्रै परामर्श शुरु गरेका प्रधानमन्त्रीलाई शुरुमा नेताहरुले यसरी दुई पक्ष मिलेर अर्को पक्षलाई एक्ल्याउने काम बन्द गर्नुपर्ने, सामूहिक निर्णयका लागि बैठक बाेलाउनु पर्ने, बैठकले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने र गुटगत गतिविधिमा सक्रिय रहेकाे मदन भण्डारी फाउन्डेशनका गतिविधी राेक्नुपर्नेजस्ता सुझाव दिएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

    पार्टीभित्र तेस्रो समूहका रुपमा चिनिने वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुलाई प्रधानमन्त्रीले विभाजनको अवस्थामा पुगेको पार्टी जोगाउन सहयोग गर्नुपर्ने बताएपछि आफुहरुले त्यसरी जोगाउने तपाइँको उपाय के हो ? भनेर सोधेको तर जवाफ नपाएको पाण्डेको भनाइ छ । बालुवाटारमै बोलाएर प्रधामन्त्रीले गर्नुभएको छलफललाई नेकपा वृत्तमा चासोका साथ लिइए पनि दुवै पक्षले त्यहाँ राखेका अडान सुन्दा यो छलफल पनि ‘माछो माछो भ्यागुत्तो’ जस्तै हुने देखिएको छ ।

    पार्टी फुटलाई जोगाउन प्रधानमन्त्रीले अनुरोध गर्नु भएपछि तपाइँहरुले के भन्नुभयो त ? भन्ने जिज्ञासामा पाण्डेले भन्नुभयो, ‘पहिले कार्यदलका तर्फबाट समस्या समाधान गर्ने प्रयास गरियो तर कार्यान्वयनमा तपाइँको तत्परता देखिएन भन्यौं, उत्पन्न समस्या समाधानको प्रस्ताव, योजना र सोच तपाईंसँग के छ भनेर सोध्दा उहाँले कुनै ठोस जवाफ दिनुभएन ।’ त्यस्तै, प्रधानमन्त्रीले पार्टी संकटमा छ भनेपछि हामीले त्यसो भए कसको कारणले संकटमा पर्यो त ? भनेर पनि सोध्यौं, तर उहाँले केही भन्नु भएन, पाण्डेले जनता समाचारलाई बताउनुभयो ।

    आफूहरुले प्रधानमन्त्रीलाई खासगरी पार्टीमा उत्पन्न समस्या समाधानको योजना र सोच मागेको, पार्टी जोगाउन साथ दिने तर सबैभन्दा बढी भूमिका उहाँकै हुने प्रष्ट पारेको, सबै समस्याको हल बैठकबाटै हुने र त्यसका लागि क्रमशः सचिवालय, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने र पछिल्लो समय उत्पन्न सबै समस्याको कारक तपाइँ आफै भएको जस्ता विषय सुधार्न सुझाव दिएको पाण्डेले प्रष्ट पार्नुभयो ।

    छलफलमा नेता नेपालले प्रधानमन्त्रीलाई पार्टी तपाइँ, मैले र केही नेताले मात्रै नभई हजारौं नेता कार्यकर्ताको सामूहिक शक्तिबाट निर्माण भएकोले उत्पन्न समस्याको पनि सामूहिकताबाटै समाधान खोज्नुपर्ने बताउनु भएको थियो । दुई जना मिल्ने र तेस्रोलाई एक्ल्याउने गतिविधि नगर्न ओलीलाई नेपालकोे सुझाव छ ।

    प्रधानमन्त्रीका लागि चुनावपछि र पार्टी अध्यक्षका महाधिवेशन
    छलफलमा ओलीले राजदूत, मन्त्री र नियुक्ति पाएका विभिन्न व्यक्तिका बारेमा त्यस्तो जिम्मेवारी दिनुपर्ने कारणबारे स्पष्टीकरण दिन खोजेको र प्रधानमन्त्रीका लागि अर्को चुनावपछि र पार्टी अध्यक्षका लागि महाधिवेशनमा तयारी गर्न नेता नेपाललाई सुझाव दिएको पाण्डेको भनाइ छ ।छलफलमा प्रधानमन्त्रीले आफूलाई पार्टीकै नेताहरूबाट असहयोग भएको भन्दै अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाउने परम्पराअनुसार केहीमै बैठक बोलाइने पनि बताउनु भयो ।

    पार्टीमा पछिल्लो समय गुटगत तिक्तता चुलिनुको कारण मदन भण्डारी फाउण्डेशन भएको र त्यसका गतिविधि रोक्न नेताहरुले गरेको आग्रहलाई प्रधानमन्त्रीले सिधै अस्वीकार गर्नुभएको छ । छलफलमा सहभागि नेताहरु भन्छन्, ‘ओलीले फाउन्डेसनको गतिविधि रोक्नै नमिल्ने बरु विस्तार गरिन्छ भन्नुभयो ।’

    नेकपामा आन्तरिक विवाद चुलिएपछि पार्टीका औपचारिक बैठकमा मात्रै भेट्ने गरेका प्रधानमन्त्री ओली र नेता नेपालबीच कात्तिकमा मात्रै ४ पटक भेटवार्ता भइसकेको छ । आइतबारको छलफलमा प्रधामन्त्रीले समस्याको ठोस समाधान दिने कुरा नगरेपछि यस्तो ‘ह्यानत्यान’ कुरा गरेर हुँदैन भुन्दै आफूहरु फर्किएको स्थायी समिति सदस्य पाण्डेले बताउनुभयो ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.