काठमाडौं। नख्खु जेल ब्रेक काण्डका योद्धा तथा पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ ।
७० बर्षको उमेरमा पाटन अस्पतालमा उनको निधन भएको हो । निमोनिया भएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप जटिलता देखिएपछि बिहीबार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको आज बिहान निधन भएको हो ।
उनी २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।