Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सप्तरीका जनप्रतिनिधिको योजनाः मधेस मुद्दा सम्बोधनदेखि बाढी नियन्त्रणसम्म

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १०, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सप्तरी पछिल्लो समयमा भएको आन्दोलनको उदगमस्थल हो । मधेसी दलहरुले जिल्लामा लगातार आन्दोलन गरेको छ । कुल १८ वटा स्थानीय तह रहेको जिल्लामा ९ वटा स्थानीय तह मधेसी दलले नै जितेका छन् भने गणना भइरहेको राजविराजमा मधेसी दलकै अग्रता देखिएको छ ।

    स्थानीय तहमा निर्वाचित भएसँगै सप्तरीका प्रमुखहरुले बिभिन्न किसिमको योजना ल्याउने उदघोष गरेका छन् ।

    Advertisment

    कसैले बाढी रोक्ने बताएका छन् भने कसैले लोडसेडिङमुक्त बनाउने बताएका छन् । सँगै मधेसी दलबाट निर्वाचित भएकाहरुले मधेस मुद्दाको उत्थान गर्ने बताएका छन् ।

    ‘मधेसका जे जति मागहरु पूरा भएको छ, त्यसबारे जानकारी गराउँदै पूरा नभएका मागहरुलाई सम्बोधन गराउनका निम्ति पनि काम गर्नेछु,’ राष्ट्रिय जनता पार्टीबाट तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सतिश सिंहले भने, ‘मधेसीको मुद्दा सम्बोधन गराउन अलिकति पनि पछि पर्ने छुइनँ ।’

    कुल ७ तिलाठी-कोइलाडी गाउँपालिकामा तीन वटा वडासहित प्रमुख र उपप्रमुख राजपाले जितेको छ ।

    तिलाठी सप्तरीको यस्तो ठाउँ हो जहाँ सामान्य वर्षामा पनि बाढी पस्छ । प्रमुख सिंहले बाढी आउनै नदिनका लागि काम अघि बढाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँछन् । यस वर्ष आएको बाढीले यस गाउँपालिकाको हरेक वडा डुबानमा परेको थियो । सिंहले बाढी आउन नदिन बाँध बनाउनेदेखि नष्ट भएका खेतीलाई कसरी कृषियोग्य बनाउने त्यसतर्फ ध्यान दिने बताए ।

    तिलाठी-कोइलाडीसँगै जोडिएको हनुमाननगर-कंकालिनी नगरपालिकामा पनि राजपाले जित हात पारेको छ । यो नगरपालिकाका मेयर शैलेश साहले पनि बाढी आउन नदिनका लागि काम गर्ने बताउँदै यसपछि सडकको कामलाई गति दिने बताए । ‘बाढी आएको बेला धेरै ठाउँमा गाडी जान सकेको थिएन,’ उनले भने, ‘हरेक वडामा गाडी पुग्ने किसिमले बाटो बनाउनेतर्फ ध्यान दिनेछौं ।’

    हनुमानगर-कंकालिनीलाई नगरपालिका भनिएपनि अहिले गाउँ जस्तै रहेको भन्दै उनले साँच्चिकै नगरपालिका बनाएर छाड्ने बताए ।

    विकास सँगसँगै मधेशको मुद्दालाई अघि बढाउने उनले बनाए । ‘मधेसको धेरै मुद्दा हालसम्म सम्बोधन हुन सकेको छैन,’ उनी भन्छन्, ‘सम्बोधन हुन नसकेका मुद्दालाई पनि अगाडि बढाउने काम गर्‍छौं ।’

    जिल्लाको सबैभन्दा पछाडि परेको क्षेत्र हो बलान-बिहुल गाउँपालिका । शुरुमा बोदे बर्साइन नगरपालिकामै राखिएको यस गाउँपालिकाका ६ वटा गाविसहरुलाई पछि बलान-बिहुल गाउँपालिका बनाइएको थियो । यो गाउँपालिकामा संघीय समाजवादी फोरमका युवा नेता दयानन्द गोइत प्रमुखमा निर्वाचित भएका छन् । अधिकांश वडा र उपप्रमुख समेत फोरम नेपालले नै जितेको छ ।

    ‘म गाउँपालिकाको प्रमुख होइन, सेवक बन्ने सौभाग्य पाएको छु,’ गोइतले भने, ‘शुरुदेखि हालसम्म केन्द्र र जिल्लाबाट समेत अपहेलित यो गाउँपालिकालाई पाँच वर्षभित्र नेपालकै नमूना गाउँपालिका बनाउन कुनै कसर बाँकी राख्दैनौं ।’

    गाउँपालिकाको अधिकांश ठाउँमा बिजुली पुगेको छैन भने भौगोलिक दृष्टिले एकदमै पछि परेको छ । सडकहरु राम्रा छैनन् । मावि विद्यालय २ वटा मात्रै रहेको छ ।

    प्रमुख गोइत गाउँपालिकामा केहि दिनभित्रै प्राविधिक शिक्षालय खोल्न लगाएर दक्ष जनशक्ति उत्पादन गर्ने र बिजुली जडान गर्ने पहिलो लक्ष्य भएको बताउँछन् ।

    मधेसका मागहरुको सन्दर्भमा उनले भने, ‘मधेस मुद्दालाई पनि विकाससँगै जोडेर लग्नेछु ।’

    शहीदका परिवारलाई हरेक किसिमको लाभ दिन आफू तयार रहेको बताउँदै यो गाउँपालिकाका कुनै पनि जनतामाथि अन्याय हुन नदिने र सबैले न्यायको अनुभूति पाउने बताए ।

    पूर्व-पश्चिम राजमार्ग र ग्रामिण भेग समेतसँग जोडिएको रुपनी गाउँपालिकाका अध्यक्षले एक महिनाभित्रै लोडसेडिङ मुक्त गर्ने प्रतिबद्वता जनाएका छन् । प्रमाण पत्र लिने बेला बोल्दै उनले यसपछि सडक निर्माणका कामलाई तिब्रता दिने बताए ।

    राजपाबाट डाक्नेश्वरी नगरपालिकामा राजपाबाट मेयरमा निर्वाचित भएका शिबनारायण साहले सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्ने एजेन्डालाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले हरेक काम पारदर्शी तरिकाले हुने र आफूले कसैलाई बोल्ने ठाउँ नदिने समेत बताए ।

    सदरुल पुत्रको छुट्टै योजना

    जित्ने आश गुमाइसक्दा पनि जितेका जिल्लाको खड्ग नगरपालिकाका मेयर हेमायु हकले भने छुट्टै योजना बनाएका छन् ।

    आफ्नै पत्नी र छोरीको योजनामा हत्या गरिएका पूर्व सभासद् सदरुल हकका छोरा हेमायुल जनताको हरेक गुनासो सुन्न तयार रहेको बताएका छन् । फोरम नेपालबाट निर्वाचित उनले विजयी जुलुसकै क्रममा जनतालाई आफ्नो मोवाइल नम्बर दिँदै कुनै गुनासो भए तत्काल फोन गर्न भनेका छन् ।

    उनले महिनाको अन्तिम आइतबार गाउँ-गाउँ पुगेर जनगुनासो सुन्ने र सम्बोधन गर्ने योजना बनाएका छन् । अनलाइनखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.