‘श्रीमान् मैले धेरै दिनदेखि विघटनको सूचनाका लागि राजपत्र खोजेँ। छापिएको प्रति पनि खोजेँ। अनलाइनमा पनि खोजेँ। तर कतै भेटिएन, राजपत्रमा सूचना नै प्रकाशित भएको छैन भने कसरी विघटन भएको मान्ने? राजपत्रमा विघटनको सूचना प्रकाशन नभएपछि विघटन भएको कानुनी आधार पुग्दैन। त्यसो भएको हुनाले प्रतिनिधि सभा चालू हुनुपर्यो।’
यो भनाई अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी बहसमा भाग लिँदै बिहीबार व्यक्त गरेका हुन्। उनको प्रश्नपछि इजलासले राजपत्र खोज्यो। त्यसको पर्सी अर्थात शुक्रबार राष्ट्रपति कार्यालयको पुस ५ गतेको सूचनाअनुसार बनाएर राजपत्र प्रकाशन गरियो भने महान्यायाधिवक्त अग्नि खरेलले इजलासमा पनि पेस गरे। इजलासबाट आफूले सहयोगीसहित खोजेको तर नभेटेको भन्दै कहाँबाट लिएर आएको भनेर प्रश्न पनि गरिएको थियो। खरेलले आफूले हेर्दा भेटेको जवाफ दिएका थिए।
करिब एक महिनापछि ‘ब्याक-डेट’मा राजपत्र प्रकाशित गर्दै सरकारले विघटनको निर्णय कानुनसम्मत भएको दावी गरेको छ।
सरकारले पहिले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा नछापेपछि पुरानै मितिमा छापेर अहिले पहिले नै छापेको जिकिर गरेपनि प्रमाणहरुले भने शुक्रबार अर्थात जनवरी २२ कै दिन राजपत्र प्रकाशित भएको प्रष्ट हुन्छ। राजपत्र डट डिओपी डट जिओभी डट एनपी खोल्दा ६८ नम्बरमा प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना राखिएको छ। त्यसैलाई सरकारले पुस ५ मा नै छापिएको दाबी गरेको छ।
तर, तपाईले त्यसलाई खोलेर भ्यू पेज सोर्स अर्थात एडमिनले अपलोड गरेको मिति (फाइलको नाम, अपलाेड मिति समावेश हुन्छ) हुर्नुभयो भने तपाई आफैंले कहिले अपडेट गरेको र कहिले क्रियट गरिएको रहेछ भन्ने प्रष्ट हुन्छ। त्यसमा २०२१–१–२२ को मितिमा एडमिनले अपलोड गरेको प्रमाण बोलिरहेको छ। तर, सरकार भने पुरानै मिति भनेर जिकिर गरिरहेको छ। हेर्नुहोस् प्रमाण
तपाईले कुनै पनि फाइल कम्युटरमा बनाउनु भयो भने त्यो कहिले बनाएको भन्ने कुरा कहिले पनि मेटिदैन। राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना कहिले बनाएको भन्ने थाहा पाउन तपाईले राजपत्रको फाइल डाउनलोड गरेर त्यसमा राइट क्लिक गरेर प्रोपर्टिजमा जानुहोस् त्यसपछि त्यहाँ क्रियट तथा मोडिफाइड डेट समेत देख्न सक्नुहुनेछ । जहाँ तपाईले सरकारले भने जस्तो पुस ५ कहीँ पनि देख्न भेट्न सक्नुहुन्न। त्यहाँ पनि २०२१–१–२२ मिति नै देख्न सक्नुहुनेछ। तल हेर्नुहोस् प्रमाण
साभार: हेलोखवर