स्थानीय तहको चुनाव नो भोट नो क्यान्डिडेट नारासहित बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लाबासीले आगामी निर्वाचनमा पनि यहि अडानलाई निरन्तरता दिने भएका छन्। उनीहरुले आफ्ना माग संवोधन नभएको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि बहिष्कार गर्ने जनाएका हुन् ।
स्थानीय तहको चुनाव ‘नो भोट नो क्यान्डिडेट’ नारासहित बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लाबासीले आगामी निर्वाचनमा पनि यहि अडानलाई निरन्तरता दिने भएका छन्। उनीहरुले आफ्ना माग संवोधन नभएको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि बहिष्कार गर्ने जनाएका हुन् ।
एमाले तिङ्ला गाउँ कमिटिका प्रमुख नरबहादुर कट्वालले चुनावमा सहभागि हुने बाताबरण नबनेकाले स्थानीयबासी मतदानमा सहभागि हुने अबस्था नरहेको बताइएकाे छ। राज्य पुनर्संरचनाका क्रममा तिङ्लालाई नेचा सल्यान गाउँपालिकामा गाभेपछि तिङ्लाबासी असन्तुष्ट बनेका हुन्। उनीहरुले ६ महिना अघिदेखि शुरु गरेको आन्दोलन अझै रोकिएको छैन।
स्थानीयको माग अनुसार नेचा सल्यानले दूधकुण्ड नगरपालिकालाई तिङ्ला रहेको ६ नम्बर वडा हस्तान्तरण गर्ने लिखित सहमति भइसके पनि कार्यान्वयनमा नआएपछि उनीहरु असन्तुष्ट छन्। गएको स्थानीय निर्वाचनमा २ हजार ४ सय ७६ भोट रहेको तिङ्लामा एक भोट पनि खसेको थिएन। वडा अध्यक्ष नरहेको तिङ्लामा अहिले वडा सचिबले नागरिकता सिफारिस लगायतका काम गर्दै आएका छन्। याे खबर हामीले कान्तिपुरबाट लिएका हाैं ।