नेपाल वायुसेवा निगमले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । अन्नपूर्ण’ नाम दिइएको ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ । नयाँ जहाज आएपछि पर्यटन मन्त्री रविन्द्र अधिकारीले यो हामी सबैको लागि खुशिको समय हो भनेर भनेका छन् । आउँदो महिना थप अर्को वाइड बडि आईपुग्ने छ । मन्त्री अधिकारीका अनुसार नयाँ जहाजको व्यावसायिक उडान भने आगामी अगस्ट १ गतेबाट हुनेछ ।
हेर्नुहाेस् भिडियाेः
https://youtu.be/jbUNgurzY-k