गत आर्थिक वर्ष २०७४/७५ मा व्यापारघाटा साढे ११ खर्ब रुपियाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिकमा वर्षमा १२ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात गर्दा ८१ अर्ब १९ करोड १६ लाख रुपियाँ बराबरको मात्र निर्यात गरेको छ । पछिल्ला आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयात र निर्यातबीचको असन्तुलन बढ्दै गएको छ । ५ वर्ष अवधिमा व्यापारघाटा झण्डै दोब्बरले बढेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०६९/७० मा ५ खर्ब ३६ अर्ब बराबर रहेको व्यापारघाटा ५ वर्षमा बढेर ११ खर्ब नाघेको छ । वार्षिक रुपमा वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकले व्यहोर्दै आएको व्यापारघाटा पनि बढ्दै गएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...