कृषि ज्ञान केन्द्र लमजुङले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले एक सूचना प्रकाशित गरी लमजुङ र मनाङ जिल्ला भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म, कम्पनी, कृषक समूह एवं कृषि सहकारीलाई सूचना प्रकाशित भएको मिकितले ३० दिन भित्र आवश्यक कागजात संकलन गरी आवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. मकै, भट्टमास र चैते धान खेती विस्तार प्रर्वद्धन कार्यक्रम
२. कृषि यान्त्रिकरणमा अनुदान सहयोग कार्यक्रम
३. बीउ कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ तथा कृषि औजार सहयोग
४. घरघरमा प्राङ्गारिक मल उत्पादन सहयोग कार्यक्रम
५. बाँझो जग्गामा व्यवसायीक खेती प्रोत्साहन कार्यक्रम
६. स्थानीय कृषि उपज विक्रि केन्द्र स्थापना कार्यक्रम
७. सामुदायिक विद्यालयमा कृषि फर्म संचालन तथा कृषक पाठशाला सहयोग
८.फलफूल तथा नगदेवाली विरुवा नर्सरी स्थापना
९. व्यवसायीक फलफूल खेती गर्न ईच्छुक कृषकहरुलाई अनुदानमा फलफूल विरुवा र आवश्यक कृषि सामग्री वितरण
१०. रैथाने बाली उत्पादन तथा प्रर्वद्धनका लागि मागमा आधारित कार्यक्रम
११. ग्रामीण क्षेत्रमा करेसाबारी तथा घर बगैंचा स्थापना
थप जानकारीका लागि : कृषि ज्ञान केन्द्र लमजुङ ०६६-५२०१३०
सूचना हेर्नुहोस :