बुधबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। गत २४ घण्टामा मात्र ६ सय २९ नयाँ संक्रमित भेटिएका छन्।रसुवा जिल्ला बाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर १६ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। बुधबार झापा र सप्तरी यसको सूचीमा थपिएका छन्। सबैभन्दा धेरै रौतहटमा १ हजार २ सय ३ संक्रमित छन्।
दैलेखमा ७५३, कपिलवस्तुमा ७०६, सर्लाहीमा ६३७, महोत्तरीमा ५५१, कैलालीमा ४७९, दाङमा ३९१, बाँकेमा ३५३, सुर्खेतमा ३४६, धनुषामा ३१७, रुपन्देहीमा २७५, अर्घाखाँचीमा २५१, गुल्मीमा २४१, झापामा २११, डडेल्धुरामा २०४ र सप्तरीमा २०१ जना संक्रमित भेटिएका छन्।देशभर २३ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३७ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
बुधबार ६ सय २९ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको हो।
हालसम्म कुन जिल्लामा कति संक्रमित भेटिए ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १२०३
दैलेख – ७५३
कपिलवस्तु – ७०६
सर्लाही – ६३७
महोत्तरी – ५५१
सुर्खेत – ३४६
दाङ – ३९१
धनुषा – ३१७
रुपन्देही – २७५
बाँके – ३५३
कैलाली – ४७९
अर्घाखाँची – २५१
गुल्मी – २४१
डडेल्धुरा – २०४
झापा – २११
सप्तरी – २०१
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
सल्यान – १७५
पर्सा – १५८
बर्दिया – १५४
बैतडी – १५८
मोरङ – १३२
बारा – १०८
नवलपरासी पूर्व – १८०
कञ्चनपुर – १९८
धादिङ – १३९
सिरहा – १६२
स्याङजा – १४९
बागलुङ – १४०
अछाम – ९३
बाजुरा – ९८
प्युठान – १८४
सुनसरी – ६८
पाल्पा – २४६
डोटी – १९६
नवलपरासी पश्चिम – ८१
तनहुँ – ९२
उदयपुर – ५५
गोरखा – ८४
पर्वत – ६८
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
चितवन – ४९
कालिकोट – ४४
जुम्ला – २६
सिन्धुपाल्चोक – २८
रामेछाप – २६
बझाङ – ४४
कास्की – ३३
मकवानपुर – १४
दार्चुला – १२
नुवाकोट – १३
काठमाडौं – ४२
जाजरकोट – १०
सिन्धुली – ८
धनकुटा – ८
भक्तपुर – १७
भोजपुर – ६
ललितपुर – ६
म्याग्दी – ८
ताप्लेजुङ – ४
रुकुम पूर्व – ३
तेह्रथुम – ५
पाँचथर – ३
दोलखा – २
संखुवासभा – २
इलाम – २
हुम्ला – २
मुगु – १
डोल्पा – १
रुकुम पश्चिम – २
सोलुखुम्बु – १
खोटाङ – ४
मनाङ – १
लमजुङ – ११
रोल्पा – ४४
काभ्रेपलाञ्चोक – ६
मुस्ताङ – १
ओखलढुंगा – १