Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१ लाख २७ हजार कामदारलाई तत्काल उद्धार गर्नुपर्ने, सरकार बिलखबन्दमा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २५, २०७७
- समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारले वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजारलाई विभिन्न देशबाट तुरुन्तै उद्धार गर्नुपर्ने आकलन गरेको छ । भिसा अवधि सकिएका, अवैध रुपमा रहेका, आममाफी पाएका र अन्य कारणले अलपत्र रहेकाहरू यति संख्यामा रहेको सरकारले अनुमान गरेको हो ।

    तर, यति ठूलो संख्यामा रहेका कामदारहरूलाई स्वदेश फर्काउनेबारे सरकारले कुनै निर्णय लिन सकेको छैन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ सबैलाई एकैपटक उद्धार गरेर ल्याउन सम्भव हुने नदेखिएको बताउँछन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उनले यस विषयमा जानकारी गराएका थिए ।

    ‘यो कामका लागि राज्यको ठूलो साधन-स्रोत लगाउनुपर्ने हुन्छ भने उद्धारपछिको बन्दोबस्ती गर्न पनि निकै चुनौतीपूर्ण छ,’ उनले भने ।कामदारहरूलाई अहिले विदेशबाट ल्याएपछि पारिवारिक र सामाजिक रुपमा पुनर्स्थापना गर्न सबैभन्दा ठूलो चुनौती हुने बोर्डको निष्कर्ष छ। विदेशबाट आउनेले कोरोना भित्र्याउने डर सरकार आफैँलाई पनि छ ।

    बोर्डका अध्यक्ष श्रेष्ठले सम्बन्धित देशको दूतावासबाट प्राप्त अनुमानित विवरण, औसत रुपमा दैनिक फर्किनेहरूको आँकडालाई आधार मानेर प्रतिवेदन तयार गरिएको बताए । बोर्डले तयार गरेको प्रतिवेदन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा पेश गरिएको छ ।

    ‘करिब १ लाख २७ हजारमध्ये पनि कति जना धेरै अप्ठ्यारोमा हुनुहुन्छ, त्यस्ता व्यक्ति पहिचान गरौं भन्ने हाम्रो सुझाव छ,’ उनले भने, ‘त्यसका लागि के-के गर्ने र उद्धारको तयारीका लागि कसरी काम गर्ने भन्ने सुझाव पनि दिएका छौँ ।’

    यसबारे मन्त्रालयमा बुधबार नै छलफल हुने श्रेष्ठको भनाइ छ। प्रतिवेदनमा अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगत्तै २ लाख ८० हजार युवाले काम गुमाएर बिदामा वा काम छोडेर नेपाल फर्किनसक्ने औल्याइएको छ । त्यसअनुसार ४ लाख ७ हजार युवा केही समयभित्रै नेपाल फर्किने अनुमान छ ।

    तर, प्रतिबन्ध खुल्नुअघि नै कस्ता व्यक्तिलाई उद्धारको आवश्यकता छ भन्ने निर्णय लिएर उचित कदम चाल्नुपर्ने बोर्डको सुझाव छ ।‘सबैको उद्धार त सम्भव छैन। तर, गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदार भएकाले सम्बन्धित देशले फिर्ता पठाउन ताकेता गरिरहेका व्यक्तिलगायतलाई प्राथमिकता दिनुपर्छ,’ श्रेष्ठले भने ।

    अब फर्किन चाहने कामदारलाई ल्याउन दिने हो भने दुई किसिमका समितिहरू बनाएर काम थाल्न सुझाव दिइएको छ । विदेशमा दूतावास र गैरआवासीय नेपाली संघसहित सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित एउटा समिति बनाउनुपर्ने र त्यसले उद्धारको आवश्यकता रहेकाहरूको पहिचान गरी तयारी गर्नुपर्ने सुझाव दिइएको छ ।

    त्यस्तै, उद्धार गरेर कामदारहरू नेपालको एयरपोर्टमा झरेपछि घरसम्म कसरी लैजाने भन्ने व्यवस्थापन गर्न नेपालमै सरकारी स्तरको व्यवस्थापन समिति बन्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उनीहरूलाई कसरी उद्धार गर्ने, कहाँ क्वारेन्टाइनमा राख्ने, त्यसको खर्च कसरी जुटाउने, कामदारलाई सम्बन्धित घरसम्म कसरी सुरक्षित रुपमा पुर्‍याउने र उनीहरूलाई पारिवारिक तथा समाजिक रुपमा पुनर्स्थापनाको काम कसरी गर्ने भन्ने विषयमा यो समितिले काम गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।अनलाइनखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.