नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा मूल समूहले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी ९ जिल्लामा छिट्टै नेतृत्व चयन गरिने नेकपाको मूल समूहले जनाएको छ । अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ ।
सूची हेर्न क्लिक गर्नुहोस्: ६८ जिल्लाको नेतृत्व