Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पर्साका १४ संक्रमित: उपचार गराउन भन्दाभन्दै प्रजिअले टेरेका थिएनन्‌

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ३१, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बाग्लुङबाट फर्किएका मजदुरमा ज्वरो देखिएपछि उपचार गराउन आग्रह गर्दा जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारीहरूले अटेर गरी सामूहिक क्‍वारेन्टाइनमा पठाएको खुलेको छ।

    पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की हुन्‌ भने ललित कुमार बस्नेत सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन्‌। छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले थाहा खबरसँग भनेका छन्‌, ‘४२ जनामध्ये एकजनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो, मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ पनि भनेको थिएँ। तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्‍वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभयो। मैले के गर्नेरु त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो।’ बागलुङको गलकोट नगरपालिकाभित्र भइरहेका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका मजदुरहरू एकैसाथ वैशाख ११ गते गलकोट हटिया बजारबाट बागलुङ, पोखरा हुँदै घर (पर्सा) फर्किएका थिए।

    मजदुरहरूकै अनुरोधमा गलकोट नगरपालिकाले उनीहरूलाई घरसम्म जानका लागि दुई वटा बस व्यवस्थापन गरेको थियो। ती मजदुरहरू गलकोट नगरपालिकाभित्र भवन, सडक र काष्ठ उद्योग लगायतका क्षेत्रमा कार्यरत थिए। बा ४ ख ५७९० नम्बरको बसमा ४२ जना मजदुर पर्सा पुगेका थिए। उनीहरूमध्ये छिपहरमाई गाउँपालिकाका २९ जना, भारतीय नागरिक ६ जना, जगन्नाथका ५ जना र धोविनी गाउँपालिका २ जना थिए। हिजो (मंगलबार) गरिएको परीक्षणका क्रममा छिपहरमाई गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये १४ जना बाग्लुङको गलकोट नगरपालिकाबाट एकैसाथ बस चढेर फर्किएका ४२ जनामध्येका हुन्‌।

    गलकोटबाट बसमा आएका उनीहरूलाई पोखरा पुगेपछि कास्की प्रशासनले रोकेको थियो। बीच बाटोमा अलपत्र परेपछि उनीहरूले आफ्नो गाउँपालिका अध्यक्षलाई गुहारेका थिए। ‘बाटोमा दुई दिनदेखि अलपत्र परेको खबर आयो,’ छिपहरमाई गाउँपालिकाका अध्यक्ष गुप्ताले टेलिफोनमा भने, ‘जिल्ला प्रशासनसँग समन्वय गर्दा सबै तपाईको गाउँपालिकाको हुनुहुन्छ, क्‍वारेन्टाइनको व्यवस्था गर्ने भए पठाउँछौं भन्ने भयो, अनि हामीले बौलायौँ।’ एक दिन पोखरामा बसमै रात बिताएका उनीहरू बागलुङबाट हिँडेको तेस्रो दिन अर्थात बैशाख १३ गते पर्सा पुगेका थिए। जिल्लाका जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लैजान मानेनन्‌। छिपहरमाईले सबैको व्यवस्थापन गर्नुपर्ने भयो।

    त्यसपछि बाग्लुङबाट फर्किएका सबैलाई जिल्लाको मंगल माविमा निर्माण गरिएको क्‍वारेन्टाइनमा राखिएको अध्यक्ष गुप्ताले बताए। अध्यक्ष गुप्ताका अनुसार तीमध्ये छिपहरमाई गाउँपालिकाका ११ जना, धोविनीका २ जना र एकजना भारतीयमा कोरोना पोजेटिभ देखिएको छ। संक्रमण देखिएका सबैलाई मंगलबार राती नै नारायणी अस्पतालको आइसोलसनमा पठाइएको छ। काठमाडौंलगायत देशका ठुला शहरबाट धमाधम मजदुरहरू फर्किएको खबर बोकेर कार्यपालिकाको कार्यालय पुगेका मजदुरहरूलाई दुईवटा बसको व्यवस्था गरेर गन्तव्यतर्फ पठाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए। पोखरामा सीमानाका पार गर्न नमिल्ने भन्दै प्रदेश प्रहरीले रोकेपछि दिनभरको प्रयासपछि उनीहरूलाई गन्तव्यमा पठाइएको गैरेले बताए। ‘लामो समय मूख्यमन्त्रीसँगको कुराकानीपछि गाँठो फुकाएर पठाइएको हो,’ गैरेले भने, ‘दुई बस पठाइयो, कुन बसमा को-को थिए भन्ने जानकारी भएन।’ स्थानीय तहहरूबीच भएको सूचनाका आधारमा पर्सा पुगेका उनीहरूलाई क्‍वारेन्टाइनमा राखिएको छिमरामाई गाउँपालिका पर्साका अध्यक्ष गुप्ताले बताए।

    उनीहरूसँगै गलकोटबाट रौतहट, बारा र पर्साका ८२ जना मजदुर दुईवटा बसमा हिँडेका थिए। निर्माणको काम चलिरहेका बेला विभिन्न समुहमा बस्दै आएका मजदुरहरू समुदायको सम्पर्कमा भने थिएनन्। गलकोटबाट हिँडेको बस सीधै पोखरामा गएर रोकिएकाले बीचमा मजदुरहरू कुनै व्यक्तिसँग सम्पर्कमा नआएको गलकोटका नगरप्रमुख गैरेले बताए। उनीहरू गलकोटमा रहँदा सम्पर्कमा रहेका व्यक्तिहरूको विषयमा खोजी सुरु भएको उनले बताए। तर लकडाउनपूर्व कार्यक्षेत्रमा जाने र साँझ-बिहान क्याम्पमा बस्ने गरेकाले उनीहरूको सम्पर्क निकै कम व्यक्तिसँग भएको नगरको दाबी छ। बारा र रौतहट पुगेका मजदुरसमेत एउटै बसमा गएकाले उनीहरूको खोजी भइरहेको छ।

    जिल्लाबाटै बाहिरिएका मजदुरको विषयमा जिल्ला प्रहरी कार्यालय भने बेखबर छ। ‘हामीले पठाएका कुनैपनि मजदुर तराईका होइनन्‌,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले भने, ‘सम्पर्कमा आएकालाई पठाइएको हो, हाम्रो सम्पर्क बाहिर गएकाबारे जानकारी भएन।’ बाग्लुङबाट पर्सा पुगेका सबै मजदुरलाई अलग्गै क्‍वारेन्टाइनमा राखिएको छिपरामाई गाउँपालिकाले जनाएको छ। ‘हामीले बागलुङ र अन्यत्रबाट आएकालाई समेत अलग-अलग क्‍वारेन्टाइनमा राखेर जाँच गरेका हौं,’ गाउँपालिकाका अध्यक्ष गुप्ताले भने, ‘अरु कसैसँगको सम्पर्क भएकै छैन।’ पर्साको छिपहरमाई गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका ६२ जनामध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    अध्यक्ष गुप्ताका अनुसार, बागलुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्‍वारेन्टाइनमा राख्ने बेलामा नै एकजनामा उच्च ज्वरो देखिएको थियो।थाहाखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.