नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्।
विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म मृतक ४० जनामा कोरोना पुष्टि भएको छ। हाल क्वारेन्टाइनमा कोभिड–१९ का २२ हजार २२८ जना आशङ्कित छन् ।