Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
Wednesday, June 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

झापा विद्रोह: भुईंतहका स्मृति

२०२८: झापा विद्रोहको अन्तर्कथा - निरोज कट्टेल

झलक सुवेदी झलक सुवेदी
भदौ २३, २०८०
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    झापा विद्रोह नेपालको कम्युनिष्ट आन्दोलनको एक समयको पानीढलो थियो। तत्कालिन नेकपाको झापा जिल्ला कमिटी र मातहतका सक्रिय युवाहरुले ‘वर्गशत्रु खत्तम’को चारु मजुम्दारको नीति अनुसरण गरेपछि झापामा केही मानिसहरुको हत्या भएको थियो। उक्त हत्या मार्फत क्रान्तिलाई नजिक ल्याउने उद्देश्य त्यतिबेलाका नेताहरुको रहेको देखिन्छ। व्यक्ति हत्याको सिलसिला त एक डेढ वर्षमा सकियो र सहभागिहरुमाथि व्यापक दमन पनि भयो। तर, यही आन्दोलनको झिल्को बिस्तारै देशभर फैलियो र ‘र्‍याडिकल’ बाटोको खोजीमा रहेका तन्नेरी र माओको शिक्षाबाट प्रभावित कम्युनिष्ट कार्यकर्ताहरूलाई झापालीहरू नजिक लग्यो।

    यसैको आधारमा कम्युनिष्ट पार्टी पुनर्गठनको एउटा सिलसिला शुरु भयो। २०२७ देखि २०३२ सम्म झापा आन्दोलनका रुपमा प्रभावी रहेको उक्त विद्रोहकै जगमा भएका २०३२ मा कोअर्डिनेशन केन्द्रको स्थापना, ०३३ मा सिपि मैनालीको नेतृत्वमा भएको जेल ब्रेक, २०३५ मा नेकपा मालेको गठन तथा २०४७ मा नेकपा एमालेको गठन यस्ता घटना थिए जसले कम्युनिष्ट पार्टीलाई किनारको कमजोर शक्तिबाट संसदमा निर्णायक स्थान दिलायो।

    स्वयं झापा आन्दोलनका मुख्य नेतृत्वकर्ताहरू सिपि मैनाली र राधाकृष्ण मैनालीहरू एमालेमा नरहेको भएपनि र मार्क्सेली राजनीतिक भाष्यका आँखामा एमाले मध्य– दक्षिणपन्थी बाटोमा लखर-लखर हिँडेको भएपनि एमाले अहिले पनि कम्युनिष्ट पार्टी वरपर संगठित जनताको मुख्य प्रतिनिधि हो। संसदमा दोस्रो ठूलो दल र पछिल्लो आम निर्वाचनमा पहिलो लोकप्रिय मत हासिल गरेको एमाले अहिले पनि झापा आन्दोलनकै केपी शर्मा ओलीको नेतृत्वमा छ।

    देशभरका कम्युनिष्ट क्रान्तिकारीहरुलाई उत्तेजित बनाएको र राज्यले आफ्ना लागि चुनौतीका रुपमा लिएर दमन गरेको उक्त आन्दोलन वास्तवमा के थियो? कसले नेतृत्व गरेको थियो? वैचारिक रुपमा कसरी चलेको थियो? संगठन कस्तो थियो? नक्सलवाडी भन्दा केही किमि दुरीमा रहेको झापा आन्दोलनमा चारु र नक्सलवादी आन्दोलनको तात्कालिक प्रभाव कस्तो थियो? कस्ता एक्सनहरु भए र कोको सामेल थिए? कसमाथि एक्सन गरियो र त्यसका पछिका कारणहरु के थिए? यसबारे उक्त आन्दोलनमा सहभागि र अरु अध्येताहरुले गरेका र एमालेको आधिकारीक परिभाषाकाबीच केही भिन्नता र फरक विवरणहरु पाइन्छ। यसै मेसोमा अध्येता निरोज कट्टेलले ‘२०२८: झापा विद्रोहको अन्तर्कथा’ शिर्षकमा एउटा खोजमूलक पुस्तक बजारमा ल्याएका छन् । मुलतः सहभागी र भुक्तभोगी पात्रहरुको मुखबाटै कथावाचन गरेको शैलीमा जम्मा गरिएका सुचनाका आधारमा तयार भएको यो पुस्तक झापा आन्दोलनलाई बुझ्ने एउटा गजवको आँखी झ्याल हो। म आफैं  झापा आन्दोलनको प्रभावमा रहेको मालेकालीन राजनीतिबाट हुर्केको भएपनि उक्त आन्दोलनमाथिका केही बुझाइ अपूर्ण र एकपाखे भएछन् भन्ने कुरा यो पुस्तक पढेपछि थाहा भयो।

    झापा आन्दोलन आफैंमा व्यक्ति हत्यामा आधारित रहेको थियो। निसस्त्र र सामान्य मानिसहरुको ज्यान लिएका कारण यसले भय र आतंक सिर्जना गरेको थियो। क्रान्तिकारीहरूका प्रति नै नैतिक प्रश्न उठाइदिएको थियो। अर्कातिर त्यतिबेला राज्य र स्थानीय भूमिपति तथा प्रशासकहरुका कारण जमिनको अधिकार पाउनबाट बञ्चितिकरणमा परेको परिवारमा आसाको सञ्चार पनि गरेको थियो।

    पुस्तकमा योजना न दस्ताबेज: विद्रोह यात्रा, दुश्मनको खुनले सच्चा कम्युनिष्ट बन्ने धुनमा, कम्युनिष्टका सामन्त–कांग्रेसका सहिद, नक्सली निमु उर्फ झापाली राजेन, सुखानी जब रगताम्य भयो, धर्मप्रसाद: एक टर्निङ पोइन्ट जस्ता ६ वटा शिर्षकमा आन्दोलनको इतिहास केलाउने प्रयास कट्टेलले गरेका छन्। चीनको साँस्कृतिक क्रान्ति, सन् १९५० को दशकका क्रान्तिहरूको वियोगान्त, भारतको नक्सलाइट आन्दोलनको मिसमास प्रभाव रहेको झापा आन्दोलनका जगमा २०२१ को भूमिसुधारले ल्याएको असन्तुष्टि र किसान तथा भूमिपतिबीचको संघर्ष जोडिएको थियो भन्ने मूल कथ्यबाट पुस्तक अघि बढेको छ।

    झापा आन्दोलन आफैंमा व्यक्ति हत्यामा आधारित रहेको थियो। निसस्त्र र सामान्य मानिसहरुको ज्यान लिएका कारण यसले भय र आतंक सिर्जना गरेको थियो। क्रान्तिकारीहरूका प्रति नै नैतिक प्रश्न उठाइदिएको थियो। अर्कातिर त्यतिबेला राज्य र स्थानीय भूमिपति तथा प्रशासकहरुका कारण जमिनको अधिकार पाउनबाट बञ्चितिकरणमा परेको परिवारमा आसाको सञ्चार पनि गरेको थियो। यसले शक्ति आर्जन गरेको मान्ने हो भने त्यसको जगमा आदीवासीहरुको जमिन खोस्दै विस्तार भएको शासक वर्ग र समुदाय विशेषको ज्यादती थियो । र राजतन्त्रले थोपरेको अनुदारवादी पञ्चायती व्यवस्थाका प्रतिको रोष पनि थियो। आन्दोलनबाट व्यक्तिगत रुपमा प्रभावित परिवारहरुबाहेक आम रुपमा झापासंघर्षले कम्युनिष्टप्रति आशा जगाउने काम गरेको थियो भन्ने कुरा २०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा द्रोणाचार्य क्षेत्री र २०४८ को संसदीय निर्वाचनमा झापा आन्दोलनका अगुवाहरुले ल्याएको लोकप्रिय मतलाई हेर्दा पनि थाह हुन्छ ।

    यो ‘ग्य्राण्ड न्यारेटिव’ भन्दा भिन्न भुँइतहमा आम मान्छेको जीवनमा यो घटनाले पारेका प्रभाव, त्यसमा प्रत्यक्ष सरोकार राख्ने पनि नराख्ने पनि विभिन्न पात्रहरुले व्यहोरेका दुःखका विषयमा यो पुस्तकले विस्तारमा चर्चा गरेको छ। बुटन चौधरी, धर्मप्रसाद ढकाल लगायत विद्रोहीहरुबाट मारिएकाहरु र रामनाथ दाहाल, विरेन राजवंशी समेत राज्यका तर्फबाट मारिएकाहरुका कथा र विद्रोही र राज्यपक्षले अपनाएको अपरेशन मोडल हेर्दा माओवादी जनयुद्ध र त्यस समयको हिंसा प्रतिहिंसका राजनीतिलाई सम्झाउँछन्। माओवादी हिंसालाई विरोध गर्ने तर झापा आन्दोलनको विरासत बोकिरहने एमालेको राजनीतिलाई नैतिक प्रश्न उठाउँछन्।

    मलाई यो पुस्तकले प्रभावित गरेको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको चैं झापा आन्दोलनको जगमा रहेको भूमि अधिकार र किसान र भूमिपतिविचका सम्बन्धहरुको खोजीले हो। अबश्य पनि यहाँ अपनाइएको हिंसाको पाटो मध्यमवर्गीय महत्वाकांक्षी र पढेलेखेका युवाहरुको वैचारिकीले प्रभावित गरेको थियो । सिमित टाठाबाठा र सरकारी कर्मचारीहरुको मिलेमतोमा कसरी जमिन कब्जा गरिन्थ्यो र किसानहरु भूमिबाट बेदखल हुन्थे भन्ने पाटो नकेलाइकन आन्दोलनका सबै पाटा नखुल्ने रहेछन्।

    उनले जे लेखे त्यो भन्दा भिन्न लेख्न सकिदो हो, यस सम्बन्धी हेराई नै फरक राख्नेहरु पनि हुने नै छन् तर यो जे जस्तो पुस्तक आएको छ त्यो जनताका अनुभव र आँखाबाट झापा विद्रोहको इतिहासलाई पर्गेल्ने अहिलेसम्मको उत्कृष्ट प्रयास हो।

    नेपालको राजनीतिक आन्दोलन र भूमि आन्दोलनको इतिहासका बारेमा चासो राख्नेहरु, कम्युनिष्ट आन्दोलनको इतिहास जान्न चाहनेहरु र पछि माओवादी आन्दोलन (२०५२–२०६३) का पृष्ठभूमिमा रहेको नेपालमा वामपन्थीहरुको प्रभावमा रहेका आम जनताको मनोविज्ञान बुझ्न यो पुस्तक अहिलेसम्मकै गजव पुस्तक हो। उनले जे लेखे त्यो भन्दा भिन्न लेख्न सकिदो हो, यस सम्बन्धी हेराई नै फरक राख्नेहरु पनि हुने नै छन् तर यो जे जस्तो पुस्तक आएको छ त्यो जनताका अनुभव र आँखाबाट झापा विद्रोहको इतिहासलाई पर्गेल्ने अहिलेसम्मको उत्कृष्ट प्रयास हो। जम्मा २९० पेज रहेको यो पुस्तकका बाँकी कुरा पाठकहरुले नै पढेर ग्रहण गर्दा उत्तम हुनेछ। तपाईका लागि यो संग्रहयोग्य पुस्तक हो।

    पुस्तक: २०२८, झापा विद्रोहको अन्तर्कथा
    लेखक: निरोज कट्टेल
    पेज: २९०
    प्रकाशक: बेला पब्लिकेशन

    लेखक कट्टेलसँग नेपाल रिडर्सका लागि गौतम राईले गरेको कुराकानीको भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: २०२८: झापा विद्रोहको अन्तर्कथाझापा विद्रोहनिरोज कट्टेल
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.