रौतहटमा एकैदिन २२ जना कोरोना संक्रमित थपिएका छन्। २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।
संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबै भारतबाट आएका हुन्।संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको घिमिरले बताए।योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ। आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो।
बारामा देखिएका संक्रमितहरूमा दुई जना नेपाली सेनाका हुन्। उनीहरू क्वारेन्टिनको सुरक्षार्थमा खटिएका थिए।
Discussion about this post