Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महाकाली सन्धिका २४ वर्ष – कार्यान्वयनमा भारतको आलटाल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बुधबार, जेष्ठ ७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले सन्धि कार्यान्वयनमा आलटाल गर्दै आएको छ।

    सन्धि कार्यान्वयन हुनुपर्नेमा कूटनीतिक तहदेखि जनस्तरबाट पनि आवाज उठ्दै आएको भए पनि कार्यान्वयनमा ढिलासुस्ती गर्दा महाकाली सिँचाइ तेस्रो चरणको नहरमा घाँस पलाउनाका साथै महाकाली पारि दोधारा चादँनी काम किसान सिँचाइका लागि नहर आउने आशमै बसेका छन्ए। एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा २ को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख थियो। भारतले केही समयअघि करीब १२ सय मिटर नहर निर्माणको काम शुरु गर्ने सुरसार गरे पनि गति दिएको छैन। यता महाकाली सिँचाइ आयोजना तेस्रो चरण भने १३ किलोमिटर मूल नहर निर्माण गरेर थप १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ। तेस्रो चरणको काम आर्थिक वर्ष २०६३–६४ देखि भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रबाट थालिएको थियो।

    मूल नहरको मुहानमै काम नहुँदा नेपाली पक्षले पनि निर्माण भएको १३ किलोमिटर नहरमा पानी ल्याउन सक्ने अवस्था छैन। ‘बनेको नहरबाट शाखा नहर बनाएर केही क्षेत्रफलमा भए पनि सिँचाइ पुर्‍याउनुपर्ने हो”, ब्रह्मदेवका स्थानीय विक्रम नाथले भन्नुभयो, “तर यहाँ नहर घाँसले ढाकिने अवस्थामा पुगिसक्दा पनि प्रक्रिया थालेको देखिन्‍न।’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले टनकपुर ब्यारेज नजीक नेपाली पक्षलाई सिँचाइका लागि पानी दिन नहर निर्माण अघि बढाएको बताए। टनकपुरबाट एक हजार क्युसेक पानी पाउने सहमतिअनुसार कैलालीको मालाखेतीसम्म ३३ हजार हेक्टर जमीनमा सिँचाइ पुर्‍याउने आयोजनाको लक्ष्य रहेको छ। त्यसैगरी सन्धिअनुसार महाकाली नगरपालिका (दोधारा चाँदनी)लाई सिँचाइका लागि दिनुपर्ने पानी दिनसमेत भारतीय पक्ष तयार छैन।

    ‘पञ्चेश्वर बनेपछि मात्रै दोधारा चाँदनीका लागि पानी दिन्छौँ भन्ने भारतीय पक्षको अनौपचारिक भनाइ छ,’ महाकाली सिँचाइ तेस्रो चरणका निर्देशक विष्टले भने, ‘हामीले भारतलाई विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएर दिएको पनि सात–आठ वर्ष बितिसक्यो।’ सन्धिमा दोधारा चाँदनीलाई तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि पानी पुर्‍याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताका भइरहेको छ। ‘सन्धिअनुसार बनबासा पुल नजीकको शारदा नहरबाट भारतले ३५३ क्युसेक पानी दोधारा चाँदनीलाई दिनुपर्ने उल्लेख छ’, विष्टले भने। नेपाली पक्षले केही वर्षअघि दोधारा चाँदनीमा मूल नहर निर्माणका लागि साढे चार अर्ब लागत अनुमानसहित डिपिआर तयार गरेर दिएको छ।

    जलस्रोत विज्ञसहित दुवै देशका सचिवस्तरको संयुक्त बैठकले शारदा नहरबाट पानी दिने विषय छ महिनाभित्र सहमतिबाट टुङ्गो लगाउने निर्णयसमेत गरेका थिए । सो अवधि गत भदौमा (नौ महिनाअघि) सकिएको छ। शारदा नहरदेखि नेपाल–भारत सिमानासम्म करीब एक किलोमिटर नहर भारतले बनाइदिनुपर्ने हो। विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो। जिविस पूर्वसभापति ऋषिराज लुम्साली भारतले महाकालीबाट पानी दिनेमा आशङ्का व्यक्त गर्छन्। ‘सन्धि गर्दा नै भारतीयले पानी दिँदैनन् भन्ने कुरा सायद हाम्रा नेताहरुलाई पनि थाहा थियो होला,’ लुम्सालीले भने, ‘२४ वर्ष बित्यो खै त हामीलाई पानी दिएको?’ उनले लामो समयदेखि भारतले संरचना बनाउँछु, पानी दिन्छु भनेर आश्वासन मात्रै दिँदै आएको बताए।

    त्यसैगरी महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले दोधारा चाँदनीलाई दिनुपर्ने पानीका विषयमा जनप्रतिनिधिहरुले माथिल्लो निकायसित पनि गुहार माग्दा सुनुवाइ नभएको बताए ‘यहाँ आउने हरेक मन्त्रीदेखि नेतासम्मलाई सिँचाइका लागि भारतले दिनुपर्ने पानीको विषयमा कुरा गर्ने, ज्ञापन बुझाउने काम धेरै गर्‍यौँ।’ उनले भने, ‘पञ्चेश्वर बनेपछि मात्रै पानी दिन्छु भन्नु गलत कुरा हो।’ त्यसैगरी केही वर्षअघि पञ्चेश्वर जलविद्युत् परियोजनाको काम अगाडि बढाउने तयारीका साथै भीमदत्तनगरमा केन्द्रीय कार्यालय स्थापना गरिए पनि अहिले उक्त विषय ओझेलमा परेको छ।रासस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist