न्यु योर्क, संयुक्त राज्य अमेरिका – संयुक्त राष्ट्र संघको साधारण सभाले क्युवाको बिरूद्ध अमेरिकी आर्थिक प्रतिबन्धको घोर भर्त्सना गरेकोछ र यसलाई दण्डनीय र अनुपयुक्त भनेको छ। बिहीबार भएको मतदानमा अमेरिका, इजरायलसहित ३ मत नाकाबन्दीको पक्षमा थिए भने १८७ मुलुकहरुले विपक्षमा मत दिएका थिए। यस मतदानमा कोलम्वीया र युक्रेनले अनुपस्थिति जनाए।
शीतयुद्धको बेला सन् १९६१ मा संयुक्त राज्य अमेरिकाले क्युवासँगको सम्बन्धलाई बिच्छेद गरेको थियो। त्यस यता करीव ६० वर्ष क्युवा अमेरिकाको आर्थिक नाकाबन्दीमा रहेको छ। सन् २०१५ मा अमेरिकाका राष्ट्रपति बराक ओबामाले क्युवासँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गरेता पनि उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पले सन् २०१७ सुरूमा पदभार लिने बित्तिकै आंशिक रूपमा नाकाबन्दी गर्ने कदम चालेका थिए।
विगत केही वर्षहरूमा ट्रम्पले नाकाबन्दी पनि कडा पारेका छन्। भर्खरै, यसले हवानालाई भेनेजुएलाबाट तेल लिनबाट रोक्नको लागि झन् कठोर प्रतिबन्ध लगायो। हाल भेनेजेएला वाशिंगटनको दुश्मनीको अर्को लक्ष्य भएको छ । बिहीबारको मतदानमा इजरायलले पक्ष लिने त सजिलै अनुमान गर्न सकिने विषय थियो तर ब्राजिलले तटस्थ नरही पक्ष लिनुले ब्राजिलका राष्ट्रपनि जैर बोल्सोनारोले आफूलाई अतिवादी-रूढीवाद र ट्रम्पसँगको गठबन्धनमा सामेल भएको र ‘ट्रपीकल ट्रम्प’ भएको स्पष्ट संकेत दिएका छन्।
महासभालाई सम्बोधन गर्दै क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिग्जले भने कि ट्रम्पको नेतृत्वमा ‘क्युवाको बिरूद्ध आक्रमण तीव्र वृद्धि भएको छ’ उनले भने, ‘अमेरिकाको क्युवालाई आर्थिक तवरले शून्य पार्ने र क्षति, अभाव र पीडालाई बढाउने चाहना अझ नाङ्गिएको छ।’ क्युवाको भनाइ छ कि अमेरिकी प्रतिबन्धले उसलाई १३८ विलियन डलरको आर्थिक क्षति पुर्याएको छ।
संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत, केली क्राफ्टले आफ्नो सानो टापु देशको बिरूद्ध वाशिंगटनको दाबीलाई भर्त्सना गर्दै भने कि हामीले आफ्ना जनताप्रति दुर्व्यवहार गर्यौं र क्षेत्रीय अस्थिरताको बीज रोप्यौ भन्ने गलत हो।
यद्यपि महासभाको प्रस्तावले क्युवामाथि अमेरिकी प्रतिबन्धलाई ‘असान्दर्भिक’ र ‘अमानवीय’ को रूपमा निन्दा गरेको छ।