३१४ आयातित संक्रमण थपिएः कूल ३७६२ संक्रमित, क्वारेन्टाइनबाटै फैलिदैँ संक्रमण

0
14

नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएको छ ।

त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएको छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।

योसँगै नेपालका ७१ कोरोना संक्रमण फैलिसकेको छ। नेपालमा कोरोना भाइरस संक्रमण क्वारेन्टाइनबाटै फैलिरहेकाले यसको जोखिम रोक्न आवश्यक कदमहरु चाल्नुपर्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here