Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव

by पत्रपत्रिकाबाट
October 2, 2019
- समाचार
जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव
Share on FacebookShare on TwitterEmail

जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव अक्टोबर १ तारिख मंगलबार बेइजिङस्थित थ्यानआनमन चोकमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष, राष्ट्रपति सी चिनफिङले समारोहलाई सम्बोधन गरे। तत्पश्चात् सैनिक परेड प्रस्तुत गरिएको थियो।

बितेका ७० वर्षदेखि चिनियाँ जनताले सँगसँगै मिलेर अथक प्रयास गरी विशाल उपलब्धिहरु प्राप्त गरेको भन्दै सीले कुनै पनि शक्तिले चीनको स्थान तथा चिनियाँ जनता र चिनियाँ राष्ट्रको अघि बढ्दै गरेको पाइलालाई रोक्न नसक्ने बताए।

सीले चिनियाँ जातिको स्वतन्त्रता र जनताको मुक्तिका साथै मुलुकको समृद्धि र जनताको सुखका लागि अमूल्य योगदान गरेका क्रान्तिकारी पूर्खा र शहीदहरूको सम्झना गर्दै चीनको विकासमा समर्थन गर्ने विभिन्न मुलुकहरूलाई पनि धन्यवाद दिए।

समाजवादी चीन विश्वको पूर्वी भागमा उभिएको र कुनै पनि शक्तिले चीनको स्थानलाई हल्लाउन नसक्ने भन्दै सीले कुनै पनि शक्तिले चिनियाँ जनता र चिनियाँ जातिले अगाडि सारेको पाइलालाई बिथोल्न नसक्ने अठोट गरे। जन गणतन्त्र चीनको स्थापनापछि चीनको दुखद् अवस्थालाई सुखमा परिणत गर्दै पुनः उत्थानको बाटोमा हिंडिरहेको उनले बताए। उनले भने, ‘७० वर्षयता चीनका विभिन्न जातिका जनताले आफ्नो मनलाई एकीकृत गरेर विश्वका लागि आकर्षक उपलब्धि हासिल गर्न सकिएको हो।’

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई सबैले पच्छ्याउनुपर्ने भन्दै सीले जनतालाई मुख्य मानेर चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा अघि बढ्न कम्युनिष्ट पार्टीको आधारभूत विचारधारा, आधारभूत बाटो, आधारभूत रणनीतिको पालनासँगै निरन्तर रुपमा जनताले सुखमय जीवनको अपेक्षालाई पूरा गर्ने, नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए।

चीनले शान्तिपूर्ण एकीकरण, एक देश दुई व्यवस्थामा बमोजिम हङकङ तथा मकाउको स्थायित्व, समृद्ध र स्थिरतामा जोड दिएर थाइवान जल डमरुका दुई किनाराबीचको शान्तिपूर्ण विकासलाई अघि बढाउनुपर्ने कुरामा पनि सीले जोड दिए। सीले चीन निरन्तर शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने र आपसी हित तथा साझा विजयसँगै खुला रणनीतिमा रहने साथै विश्वका विभिन्न मुलुकसँग मिलेर मानव हितमा निरन्तर लागिरहने दृढता पनि गरे।

हिजो मानव जातिको इतिहासमा चिनियाँहरू लेखिएको भन्दै सीले आज अरबौं जनताको हातमा सिर्जना रहेकाले चीनको भविष्य उज्यालो हुने बताए। एकीकृत भएर जन गणतन्त्र चीनको विकासलाई सुदृढ पार्ने, ‘दुई वटा सय वर्ष’को लक्ष्य तथा चिनियाँ राष्ट्रको पुन स्उत्थानको चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न पनि सीले आह्वान गरे।

भव्य सैन्य परेड

चीनले मंगलबार अहिलेसम्मकै भव्य सैनिक प्रदर्शनी गरेको छ। राष्ट्रिय शक्ति प्रदर्शनको रूपमा चीनले वर्षेनी सैन्य परेड देखाउने गरेपनि यो सैनिक परेड अहिलेसम्मकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्। यसलाई चिनियाँ जन सेनाको समग्र शक्तिमाथिको परीक्षणका रूपमा पनि हेरिएको छ। बेइजिङको छाङ आन सडकमा पंक्तिवद्ध भएका सेनाहरूले राष्ट्रपति सी अभिवादन गरेपछि सैन्य परेड शुरू भएको थियो। चीनले बनाएको लालझण्डा मार्काको गाडीमा बसेर छाङआन सडकमा चिनियाँ सेनाले वर्गाकार शैली बनाएका सेनाको अभिवादन ग्रहण गरेका थिए।

सैनिक परेडमा १५ हजार सैनिकहरुले भाग लिएका थिए भने १६० वटा भन्दा बढी विभिन्न किसिमका विमानहरु र ५८० वटा भन्दा बढी सैनिक उपकरणहरुको प्रदर्शनी गरियो।

चीनले ७०औं वार्षिकोत्सवबाट चिनियाँ विकासको नयाँ युगमा प्रवेशको सन्देश दिएको छ। विश्वमा चीनको प्रभावकारिता यसअघि पहिले यति गहन ठानिएको थिएन। चीनप्रतिको विश्वको ध्यानाकर्षण यसपटक झन गहिरो बन्दै गएको समाचार कान्तिपुर दैनिकमा छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

के रुस र इरान गठबन्धन–सहयोगीहरु हुन्?

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.